हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

देउवा प्रधानमन्त्री बन्ने, एमालेले सदन अवरुद्ध नगर्ने

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया नरोक्न एमाले सहमत भएसँगै देउवा प्रधानमन्त्री बन्ने पक्का भएको हो । सोमबार बसेको प्रमुख तीन दलको बैठकले संसद्को गतिरोध अन्त्य गर्ने सहमति गरेको हो । संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा सभामुख ओनसरी घर्तीको समेत उपस्थिती रहेको थियो ।

मंगलबार प्रमुख तीन दलका शीर्ष नेताहरुले संसदमा सम्बोधन गरेपछि प्रधानमन्त्रीको निर्वाचन हुने सहमति भएको छ । प्रमुख तीन दलको सहमतिसँगै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ । बैठक पछि बोल्दै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भोलि संसद बैठक अवरोध नहुने बताएका छन् ।

प्रधानमन्त्रीका लागि देउवाको मात्रै उम्मेदवारी परेको छ । प्रधानमन्त्री चयन प्रक्रियालाई नरोक्ने सहमति भएको तीनै दलका नेताहरुले बताएका छन । सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले पहिलो चरणको निर्वाचनमा अनियमितता भएको स्विकार गरेपछि एमाले संसद बैठकको अवरोध हटाएर प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु गर्न तयार भएको हो ।

दलहरुबीचको सहमति अनुसार मंगलबार संसद बैठक दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा प्रमुख दलका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन । त्यसपछि पुन: बस्ने बैठकले प्रधानमन्त्री चयन गर्नेछ।

बैठकमा प्रमुख तीन दलबीच तीन वटै तहको निर्वाचन सहमतिमै निष्पक्षताका साथ सम्पन्न गर्ने सहमति पनि भएको छ । एमालेले भरतपुर महानगरपालिकामा भएको मतदान विवाद समाधान गर्न माग गर्दै यस अघि संसद बैठक अवरुद्ध पार्दै आएको थियो ।

तर सत्ता पक्षले अव त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएपछि एमाले संसद बैठक सुचारु गराउन सहमत भएको हो । एमालेले प्रधानमन्त्री देउवाको विपक्षमा मतदान गर्ने पनि स्पष्ट पारेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution