तमु समाज इजरायलको सातौ अधिवेशन जुलाई १४ मा हुदै

तेलअविव – तमु समाज इजरायलको सातौ अधिवेशन आउदो १४ जुलाई २०१७ (शुक्रवार) साँझ ७.०० बजे तेलअविव स्थित लेभंडा ३२ मा रहेको भवनको दोस्रो तलामा गर्ने भएको छ |
ऐतिहासिक सातौ अधिबेशनमा इजरायलवासी सम्पुर्ण दाजुभाइ , दिदीबहिनी, ङ्गोलो-ङ्गोल्स्योलाई उपस्थित भइ अधिबेशनलाई भब्यताका साथ सफ़ल पारीदिनु हुन तमु समाज इजरायलले परिवार हार्दिक अनुरोध गरेको छ |
अधिवेशनमा सम्पूर्ण गुरुङहरुले आफ्नु अधिकार सहित सहभागिता राख्दै आफ्नु गुरुङ संस्था प्रतिको दायित्व बोध होस् भन्ने अनुरोध र अपिल समेत गरेको छ |