राई किराँत संस्कृतिमा आधारित नयाँ म्युजिक भिडियो:पूर्णेको जुन औंशिको रात

म्युजिक मिडिया को उत्पादनमा मा गायक हिरन राईको राई किराँत संस्कृतिमा आधारित नयाँ म्युजिक भिडियो पूर्णेको जुन औंशिको रात(साकेन्वा/ साकेला) भर्खरै बजारमा आयको छ ।
चर्चित गायककार हिरन राईको शब्द,संगित अनि स्वर रहेको उत्त गितमा ज्योती ह्याङ राई र अञ्जना राईले कोरस गायनको रूपमा सहयोग गरेका छन।
द बज क्रियाशनले दृश्य निमार्ण गरेको उत्त म्युजिक भिडियोमा बिगत १ दशक देखि ओमानमा रोजगारि गर्दै नेपाली कला संस्कृत लाई साथ्-साथमा अगाडि बढाउदैं आयका ख्यातिप्राप्त मोडेल किरण राई र उनकि जीवन संगिनी सानू राईको अभिनय रहेको छ । रिकेश बज्राचार्यले छांयाकन तथा सम्पादन गरेको सो म्युजिक भिडियोलाई किरण राई र आईशा गौतम बज्राचार्यले निर्देशन गरेका छन । यो म्युजिक भिडियोको मुख्य उदेश्य किंराती कला संस्कृतिको जगर्ना गर्नु रहेको कलाकार किरण राईले डिसि नेपाललाई जानकारी गरायका छन ।