हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

आफ्नो मतदान केन्द्र र फोटोसहितको नामावली यसरी हेर्नुहोस्, नाम नभेटिए के गर्ने ?

काठमाडौं । आगामी असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा चार ओटा प्रदेशका ९० लाख ९७ हजार ५५७ मतदाता सहभागी हुँदै छन् ।

प्रदेश नं १, २, ४ र ७ का ४ सय ६१ स्थानीय तहका ४ हजार ८६ वडाका मतदाताले दोस्रो चरणको निर्वाचनमा सहभागीता जनाउँदै छन् ।

पहिलो चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचनका लागि उमेदवार छनोट गर्ने तथा चुनावी अभियान पार्टीहरुले चलाएका छन् ।

तर, कतिपयले पार्टीले उमेदवारी छनोट गरिसकेपछि मनोनयन दर्ता गराउने बेला उमेदावर बनेका व्यक्तिकै मतदाता नामावलीमा नाम नभेटिएर समस्यामा परे ।

त्यसैगरी निर्वाचनमा उत्साहका साथ सहभागी हुन पुगेका मतदाता नामावलीमा नाम नभेटिएपछि निराश हुनुपर्‍यो ।

निर्वाचन आयोगको कल सेन्टरमा आएको गुनासो अनुसार एक ठाउँमा बस्दै आएको तर नाम अर्कै ठाउँमा भएकाले निशास भए ।

आफ्नो नाम, ठेगना वा मतदान गर्ने ठाउँ फरक पर्दा सच्याउने आयोगले मौका दिएको थियो । आयोगले दिएको मौका पनि उनीहरुले गुमाए र मतदानबाट बञ्चित भए ।

दोस्रो चरणको चुनावका मतदाताले पनि त्यस्तो समस्या भोग्नु पर्दैन भन्ने छैन । उनीहरुले पुरा विवरण सच्याउँन त पाउँदैनन् । तर, कतिपय ठाउँमा

प्राविधिक कारणले नाम नभेटिएका मतदाताले आयोगमा सम्पर्क गरेर समधान पाउँन सक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।कतिपयको फोटोसहितको नामवलीमा सहभागी भएको र नाम भएर पनि परिचयपत्र बनेन ।

त्यस्ता मतदातालाई आयोगले परिचय खुल्ने कार्ड लिएर मतदानमा सहभागी हुन दिने निर्णय गर्‍यो ।

दोस्रो चरणमा पनि यस्तो समस्या आएमा आयोगले कुनै माध्यमबाट सम्बोधन गर्न सक्ने प्रवक्ता शर्माले जानकारी दिए ।

‘नाम नभेटिए टोल फ्रि नम्बरमा सम्पर्क गर्नु’

अन्य कुनै कारणले मतदाता नामावलीमा नभेटिए आयोगको टोल फ्रि नम्बर १६६००१४४२२२ मा सम्पर्क गरी आफ्नो समस्या भनेमा मिल्नेसम्म समाधान दिने आयोगले प्रयास गर्ने प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

शर्माका अनुसार निर्वाचन नियमावली अनुसार दुई पटक नामावली संकलनमा सहभागी भएको र फरक–फरक ठेगाना राखेको अवस्थामा पछिल्लो ठेगानाअनुसार आफ्नो नाम हेर्नुपर्नेछ र सोही ठाउँमा गएर मतदान गर्न सकिनेछ ।

दोस्रो चरण अर्थात असार १४ गते निर्वाचन हुने स्थानको अन्तिम नामावली पनि पहिलो पटक निर्वाचन मिति घोषणा भएको फागुन ०९ गतेलाई नै आधार मानिएको छ ।

आफ्नो नामवली र निर्वाचन केन्द्र आयोगको वेवसाइट, निर्वाचन अधिकृत कार्यालयमा गएर हेर्न सकिने आयोगले जनाएको छ ।

मतदान नामावली हेर्न यहाँ क्लिक गर्नूहोस्

मतदान केन्द्र हेर्न यहाँ क्लिक गर्नूहोस्






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution