हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

प्रधानमन्त्री चयन प्रकृया दुई दिन पर स-यो,बन्लान् त देउवा प्रधानमन्त्री ?

प्रधानमन्त्री चयनका लागि आइतबार तोकिएको निर्वाचन कार्यक्रम संसद बैठक संचालनका बारेमा प्रमुख दलहरुबीच सहमति जुट्न नसक्दा दुई दिन पर धकेलिएको छ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतदान पुन: गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध संसद नचल्ने अडान लिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दलहरुबीच छलफलका लागि थप समय मागेकोले निर्वाचनको कार्यक्रम पर सारिएको संसद सचिवालयले जनाएको छ।संसद अवरोधको कारण बनेको भरतपुरमा पुन: मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध आइतबार सम्बन्धित वडाकै एमाले उम्मेदवारले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
प्रधानमन्त्री निर्वाचनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार भएपनि संसदमा बहुमत सावित गर्नुपर्ने भएका कारण मतदानमै जानु पर्ने संसदीय व्यवस्थाका कारण आइतबार मतदानको मिति तोकिएको थियो।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतपत्र च्यातिएको विषयमा संसद अवरुद्ध गर्दै आएका बेला निर्वाचन आयोगले पुन: मतदान गर्ने निर्णय गरेपछि थप क्रुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने अडान राखेपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रभावित भएको बताइएको छ।
सभामुख ओनसरी घर्तीले संसद संचालन गर्ने बारेमा प्रमुख दलका नेताहरुलाई राखेर छलफल गराएकी थिइन् ।
तर उनीहरु संसदको नियमित कार्यतालिका अगाडि बढाउनेमा नभै संसदको बैठक सार्न सहमत भएका छन्।
बैठकपछि बोल्दै सभामुख घर्तीले भनिन्, “छलफल अझै घनिभूत ढंगले गर्नुपर्ने उहाँहरुको निष्कर्ष आयो। विशेष गरेर प्रतिपक्षी दलका नेताहरुले छलफलका लागि समय माग्नु भएकाले सहमतिकै लागि दुई दिनको समय दिइएको छ।”

प्रमुख विपक्षी दलको दुई दिन पछाडि सार्ने प्रस्तावलाई प्रधानमन्त्रीका उम्मेदवार देउवाले सहमति जनाएपछि संसदको अर्को बैठक जेठ २३ गतेका लागि बोलाइएको छ।सहमतिका लागि समय मागेको एमालेले सहमति जुट्ने उपायमध्ये एउटा निर्वाचन आयोगको निर्णय विरुद्ध आइतवार सर्वोच्च अदालतमा परेको रिटका बारेमा आउन सक्ने अन्तरिम आदेश समेत रहेको छ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले भने, “कुराकानीको सिलसिला पनि टुङगियोस्, हामीले समझदारी बनाउन पनि सकौं। यो बीचमा सर्वोच्च अदालमा रिट पनि परेको छ। त्यो रिटमा के हुन्छ त्यो पनि हेरौं, अनिमात्र अगाडि बढौं भन्ने कुरा हामीले सत्तापक्षसँग राखेका छौं।”

काँग्रेसका कतिपय सांसदहरुले भने एमालेले प्रधानमन्त्री निर्वाचनलाई पछाडि धकेल्नकै लागि संसदको अधिकार भन्दा बाहिर रहेको विषयलाई लिएर संसद अवरुद्ध गर्दै आएको आरोप लगाएका छन्।सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय विरुद्धको रिट निवेदनको पेशी सोमबारका लागि तोकेको बताइएको छ।सभामुखले प्रमुख दलहरुबीचको बैठक सोमवार साँझ ५ बजेका लागि बोलाएकी छन्।सो बैठकले जेठ २३ गतेका लागि प्रधानमन्त्री निर्वाचनको बाटो खोल्ने अपेक्षा नेताहरुको छ। @ बीबीसीनेपाली






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution