गुल्सन ग्रोबर कटरिनासँग रोमान्स गर्न डराएपछि

बलिउड–कटरिना कैफ डेब्यु फिल्म ‘बुम’ (२००३) मा दिएको त्यो सिन भुल्न चाहन्छिन् । तर, त्यो रोमान्टिक सिन बलिउडका चर्चित भिलेन गुल्सन ग्रोवरले भने आजसम्म भुल्न सकेका छैनन् ।
बलिउडमा ब्याड म्यानको नामले परिचीत उनले त्यस फिल्ममा कटरिनासँग बोल्ड सिन दिएका थिए ।
यसको खुलासा उनले कपिल शर्माको कमेडी सो द कपिल शर्मा सोमा गरेका थिए । उनले भनेका थिए,‘कटरिना र मैले त्यो रोमान्टिक सिन दिन धेरै पटक प्रयास गर्नुपर्यो । म धेरै नै आत्तिएको थिए । उनीसँगको त्यो रोमान्स सिन दिदाँ मेरो शरिर कामेको थियो भने पसिना छुटेको समेत थियो ।’
कटरिना भने उक्त हट सिनबारे बोल्न रुचाउँदिनन् । युट्युबमा उक्त दृश्य ४ करोडभन्दा बढी मानिसहरुले हेरिसकेका छन् । त्यस्तै ग्रोबरको कटरिनासँग लिपलक सिन पनि रहेको थियो ।