च्याम्पियन्स लिग जितेपछि मेस्सीबारे यसो भने रोनाल्डोले

रियल मड्रिडका स्टाइकर क्रिस्टियानो रोनाल्डोले मेस्सीबारे आफ्नो प्रतिक्रिया दिएका छन् । च्याम्पियन्स लिगको उपाधि जितेपछि चर्चाको विषय बनेका रोनाल्डोले मेस्सी राम्रो खेलाडी भएको बताएका छन् ।
उनले भनेका छन्,‘हामीबीच कुनै तुलना नै छैन । म उसको खेल हेर्न रुचाउने मान्छे हुँ ।’उनी भन्छन्,‘ म राम्रो खेलाडीको फुटबल हेर्न रुचाउँने मान्छे । ती मध्ये मेस्सी पनि एक हुन् । उसलाई मैदानमा खेलेको देख्दा म आनन्द महसुस गर्छु ।’
यस सिजन पनि रोनाल्डोले ४० गोल गरेका छन् । ला लिगा उपाधि जिताउन समेत मुख्य भुमिका खेलेका रोनाल्डोले चारपटक बेलोन डि’ओरको उपाधि पनि जितिसकेका छन् ।उनले भनेका छन्,‘म जहाँ पनि मेस्सीको साथमा हुनेछ । मेस्सीसँग मेरो राम्रो सम्बन्ध रहेको छ ।’ @ एजेन्सी