काभ्रे कोशीपारी जाने बस पाँचखालमा दुर्घटना, २६ जना घाइते

काभ्रे, जेठ २१ – काठमाडौंबाट काभ्रेको कोशीपारीका लागि छुटेको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
कोशीपारीको मादनकुँडारीका लागि छुटेको बा २ ख ६४४१ नम्बरको यात्रुबस आइतबार बिहान पाँचखाल नगरपालिका–६ तीनपिप्लेमा दुर्घटना भएको हो ।
घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनराज राईले बताएको छ ।