लण्डन आक्रमणमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, ३० घाइते

बेलायतको लण्डन ब्रिज र बोरोउघमा भएको आतंककारी आक्रमणमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।
ब्रिज बजारको मुख्य सडक पेटीमा हिंडिरहेका यात्रुमाथि एउटा भ्यान दौडाइएको थियो। त्यसपछि भ्यानमा रहेका बन्दुकधारी समुहले पैतल यात्रु र प्रहरीमाथि अन्धाधुन्द चक्कु प्रहार गरेका थिए। घटनामा ६ जानको मृत्यु हुनुका साथै अन्य ३० जनाको ज्यान गएको बीबीसीले जनाएको छ।
त्यस्तै प्रहरीको कारवाहीमा तीन आरोपीको पनि ज्यान गएको समाचारमा उल्लेख छ। @एजेन्सी ।