प्रबासी नेपाली मंच (एमाले) इजरायलकाे वार्षिकोत्सव तथा अन्तरक्रिया कार्यक्रम गर्दै

तेलअविव – प्रबासी नेपाली मंच (एमाले) इजरायलकाे वार्षिकोत्सव तथा अन्तरक्रिया कार्यक्रम आउँदो २०१७ जुन २३ तारिक शुक्रबार साँझ (कार्यक्रम) तेलअविव स्थित यसोधामाला ४४ मा बेलुकी ६.३० बजे देखि सुरु गर्ने भएको छ |
इजरायलबासी प्रवासी नेपाली हरुलाई एक ठाउँमा एकजुट बनाएर सम्पूर्ण प्रवासी नेपाली हरुको आवाज नेपालसम्म पुराउने श्रमिकहरुको हकहितको रक्षा गर्दै उनिहरुमाथी हुने अन्याय, अत्याचार तथा थिचो मिचोका विरुद्ध आवाज उठाउने, नेपालीहरु माथी आई पर्ने विभिन्न खालका समस्या समाधानमा पहल गर्ने तथा इजरायलको सन्दर्भमा विभिन्न रचनात्मक, श्रृजनात्मक तथा मनोरञ्जनात्मक कामहरु गरी इजरायलमा रहेका सम्पुर्ण नेपालीको सुख र दुखको साथीका रुपमा इजरायलमा कृयाशिल भयको एकबर्ष पुरा भएको उपल्क्षेमा यही जुन २३ शुक्रबार साँझ इजरायलको तेलभिब मा प्ररबासी नेपाली मंच (एमाले )इजरायलको प्रथम बार्षिकोत्सव तथा अन्तर्क्रीया कार्यक्रम लाई सम्बोधन गर्नको लागि प्रमुख आतिथ्यने.क.पा. (एमाले ) पोलीटब्युरो सदस्य तथा प्रबास बिभाग प्रमुख प्रभावशाली युवा नेत्री बिन्दा पाण्डे आउनु हुने भएको छ |
नेकपा एमाले पार्टी प्रति आस्था राख्नुहुने सम्पुर्ण इजरायल बासी नेपाली दाजुभाइ दिदिबहिनी सामाजिक संघ संस्थामा आब्ध्य हुनुहुने बुद्धिजीवी, साहित्यकार, कलाकार, व्यवसायी बिद्यार्थीहरु संचारकर्मीहरुलाई कार्यक्रममा उपस्थीतको लागि हार्दिक अनुरोध गरेको छ |
साथै २४ तारीख शनिबार प्रवासी नेपाली मन्च इजरायलले एक दिने भ्रमणको आयोजना गरेको हुदा बेतलेखेम डेडसी पर्ताकीय पर्याटकिय क्षेत्रका थुप्रै मनमोहक दृष्यहरु अवलोकन गर्दै एक आपसमा हास्दै रम्दै रमाउदै टुरमा सहभागी भई भरपुर मनोरन्जन लिनुहुन इजरायलबासी नेपाली दाजुभाइ दिदिबहिनी हार्दिक अनुरोध समेत गरेको छ |