असार १४ गतेको हिलोमा कांग्रेस-माओवादीलाई पछारछौ : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १४ गतेको हिलोमा कांग्रेस माओवादी नराम्ररी पछारीले बताएका छन् । सरकारले असार १४ गते दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरेको छ । वर्षा शुरु भइसकेपछि चुनवाको मिति घोषणा गरेकोमा एमाले असन्तुष्ट छ । अध्यक्ष ओलीले सरकारले चुनावको मिति सारेर अत्यन्तै गैरजिम्मेवारपन देखाएको आरोप लगाए ।
अध्यक्ष ओलीले असार १४ गते निर्वाचनको मिति सार्ने सरकारको निर्णय चुनावबाट भाग्ने नियतका साथ आएको बताए । दोस्रो चरणको निर्वाचनमा पनि आफनो पार्टी पहिलो हुने ओलीले दावी गरे ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असार १४ गतेको हिलोमा काँग्रेस र माओवादी केन्द्र नराम्ररी पछारिने बताए । अध्यक्ष ओलीले सरकार र सत्तारुढ काँग्रेस÷माओवादी केन्द्र अपराध कर्ममा मात्रै लिप्त रहेको आरोप लगाए ।
अध्यक्ष ओलीले सत्तारुढ काँग्रेस र माओवादी केन्द्रसँग आफनो पार्टीसँग प्रतिष्पर्धा गर्ने कुनै तागत नरहेको दावी गर्दै जनताको विश्वास अनुसार काम गरेर देखाउन पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।