स्थानीय तहको दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । दोस्रो चरणको निर्वाचन असार १४ गते हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले दोस्रो चरणको निर्वाचको मिति तोकेको हो ।
प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्लाका ४६१ स्थानीय तहमा २०७४ असार २ गते उम्मेदवारको मनोनयन दर्ता हुने आयोगले जनाएको छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ स्थानीय तहको चुनाव सम्पन्न भइसकेको छ ।
यस्तो छ आयोगको कार्यतालिका
असार २ गते उम्मेदवारको मनोनयन दर्ता
असार २ गते मनोनयन भएका उम्मेदवारको सूचि प्रकाशन
असार ३ गते मनोनयनपत्र जाँच
असार ४ गते उम्मेदवारको नामावली प्रकाशन
असार ४ गते उम्मेदवारले नामावली फिर्ता लिन पाउने
असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन
असार ५ गते नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान
असार १४ गते मतदान