इजरायल:बुद्ध जयन्तिमा संकलित रकम राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान

याम्बु ,जेठ १४ – प्रवास भुमि इजरायलमा विभिन्न उदेश्यले स्थापना भएका संघसंस्थाहरु र अनलाइन मिडियाहरु संग सहकार्य गरि नेपाल आदिवासी जनजाती महासंघ, इजरायलको मुख्य आयोजनामा गत मे १३ तारिख २०१७ शनिबारको दिन तेलअविव,इजरायलमा सम्पन्न भएको २५६१ औं बुद्ध जयन्ति कार्यक्रममा सहयोग स्वरुप संकलन भएको सम्पूर्ण रकम नेरु ५,५०,५५५/- (पाच लाख पाचास हजार पाच सय पचपन्न रुपिया) राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुनलाई हस्तान्तरण गरिएको छ |
नेपाल आदिवासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष जगत बराम , महासंघका पदाधिकारीहरु , पुर्व महासचिव आङकाजि शेर्पा , आदिवासी जनजाती महासंघ इजरायलकी उपाध्यक्ष लक्ष्मी योञ्जन तामाङ , बर्तमान तथा पुर्व सल्लाहकारहरुले संयुत्त रुपमा महासंघको केन्द्रिय कार्यलयमा आयोजित कार्यक्रम माझ हस्तान्तरण गरेका हुन् |