भरतपुरमा रेणुले स्वातै घटाइन् देवीसँगको अग्रता

चितवन, १४ जेठ-भरतपुरको मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ ।जसमा नेकपा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन्। माओवादी केन्द्रकी रेणु दाहालले देवीसंगको मतान्तर घटाएकी छन् ।
वडा नं १९ वाट खसेको २,८८७ मत मध्ये १,२०३ मत गन्दा देवी ज्ञवाली ७५५ मतसहित अग्रता कायमै राखेका छन तर रेणु दाहालले अन्तर घटाउँदै गएकी छिन । त्यसपछि गन्न बाँकी रहेको वडा नं. २० मा ३,३१८ मत खसेको छ, सो वडाको मत परिणामले नै बहुप्रतिक्षित भरतपुर महानगरपालिकाको मेयर को हुने ? भन्ने तय गर्नेछ ।
देवी : ४१४२१
रेणु :४०६६६
मतान्तर: ७५५