युवतीले पूर्व प्रेमीमाथि फ्याँकिन् तेजाब, तत्कालै मृत्यु

जेठ ११ – आन्ध्र प्रदेशमा एक युवतीले युवकमाथि तेजाब फ्याँकेकी छिन् । घटना गुंटुर जिल्लाको हो जहाँ पुसिलका अनुसार हिमाबन्दु नामकी २४ वर्र्षीया एक युवतीले आफ्ना पूर्व प्रेमीमाथि कथित रुपमा तेजाब फ्याँकेकी छिन् जसका कारण उनको मृत्यु भएको छ ।
हिमाबिन्दु आफ्ना चार वर्ष पुराना प्रेमीले अन्य महिलासँग विवाह गरेकोमा रुष्ट थिइन् ।विवाहको एक दिन पछि कथित रुपमा एक युवतीले उनलाई भेट्नका लागि आफ्नो साथीको घरमा बोलाइन् ।
इलियास भित्र आउने बित्तिकै उनले उनीमाथि तेजाब फ्याँकेको बताइएको छ ।स्थानीय मानिसहरुले त्यसपछि इलियासलाई अस्पताल पुर्याए जहाँ उनको मृत्यु भयो ।
गुंटूरका पुलिस अधिक्षक सर्वश्रेष्ठ त्रिपाठीले बीबीसीलाई बताए, ‘उनी एक नीजि अस्पतालमा फार्मासिस्टको रुपमा काम गर्दथिन् । उनी पनि घाइते भएकी छिन् ।’ @ बीबीसी