राष्ट्रपतिद्वारा सहमतीय सरकार गठन गर्न आह्वान,देउवा बन्लान् त प्रधानमन्त्री ?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पत्रकार सम्मेलनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको थियो । कांग्रेस र माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार दाहालले राजीनामा दिनुभएको हो ।