तामाङ समाज बहराइनले मृगौला पीडित बज्रध्वज तामाङलाई आर्थिक सहयोग प्रदान

सोनम दोङ तामाङ
मानमा बहराइन-काभ्रे पिन्थली निवासी दुबै मृगौला फेल बज्र ध्वज तामाङलाई बहराइन तामाङ सेवा समाजले उपचारर्थ रनेपाली रुपियाँ १,००,०००/- (एक लाख) आर्थिक सहयोग प्रदान गरेको छ |
गत ५ मे २०१७ मा सम्पन्न तामाङ समाज द्वारा आयोजित “समर डे आउट – २०१७” कार्यक्रमबाट संकलित आर्थिक रकम र बज्रध्वज बचाउ अभियान बहराइनका संयोजक तेनेराज दोङ तामाङको ब्यक्तिगत संकलनका साथै २५६१ औ बुद्ध जयन्तिको कार्यक्रममा मिलन वल तामाङ र अनुपा खडकाको पहलमा राखिएको चन्दा बक्स र सेवारो नेपाली रेस्टुरेन्टबाट संकलित सहयोग रकम गरी आर्थिक सहयोग गरेका गरेको हो |
दुवै मृगौलाले काम नगरेको र मृगौला पाए पनि आर्थिक अभाबका कारण प्रत्यारोपण गर्न कठिनाइ भोगिरहेकोले प्रवासमा रहेका मनकारी नेपालीहरु बिच आर्थिक सहयोगको अपिल गरिएको हुनाले सेवा नै धर्म हो भन्ने संस्थाको मुल उद्धेश्य अनुरुप उक्त रकम सहयोग गरेको समाजका अध्यक्ष श्रवन मिक्चन तामाङले जानकारी दिएका छन्।
समाजका संस्थापक अध्यक्ष गणेशमान तामाङले बिरामी बज्र ध्वज तामाङलाई भेटि सहयोग रकम हस्तान्तरण गरेको हो |