हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

म्यानचेष्टरमा बम विष्फोट गराउने सन्दिग्ध हमलाकारीको नाम सार्वजनिक

म्यानचेष्टरका वरिष्ठ प्रहरी अधिकारी इयान हपकिन्सले कम्तीमा २२ जनाको ज्यान जानेगरी सोमबार राती म्यानचेष्टर एरिनामा बम विष्फोट गराउन जिम्मेवार रहेको ठानिएको सन्दिग्ध सलमान अबेदी भएको बताएका छन्।२२ वर्षीय अबेदी म्यान्चेष्टरमै जन्मिएको तर उनका बाबुआमा लिबियाबाट आएको ठानिएको छ।

यसअघि हमलाकारीले आफ्नै शरीरमा विष्फोट गराएको हुनसक्ने प्रहरीले जनाएका थिए।विष्फोटक पदार्थ घरमै बनाइएको बम हुनसक्ने प्रहरीले आशंका गरेका छन्।

सोमबार राती गरिएको हमलाको सिलसिलामा प्रहरीले मंगलबार दक्षिणी म्यानचेष्टरका विभिन्न ठेगानाहरुमा खानतलास गरेका थिए।सो क्रममा एकजना २३ वर्षीय सन्दिग्धलाई पनि पक्राउ गरिएको समाचारहरुमा बताइएको छ।यसअघि म्यानचेष्टरमा एउटा साङ्गीतिक समारोह चलिरहँदा गराइएको बम बिस्फोटनका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको र करिब ६० जना घाइते भएको प्रहरीले बताएका थिए।

यसअघि हपकिन्सले हमलाकारी स्वयंले बम विष्फोटन गराएको र आफूपनि घटनास्थलमै मारिएको हुनसक्ने बताएका थिए।प्रहरीले हमलाकारी एक्लै रहेको वा उसलाई अरु कसैले साथ दिए नदिएको भन्ने पत्ता लगाउने कोशिश गरिरहेको बताएको छ।

प्रहरीले सोमबारको हमलामा ज्यान गुमाउनेहरुमध्ये तीनजनाको नाम सार्वजनिक गरेका छन्।ती मध्ये आठ वर्षीय सफी रुसोस, जर्जीना क्यालेण्डर तथा २८ वर्षीय जोन एटकिन्स छन्।जर्जीना क्यालेण्डरको उमेर १८ वर्ष भएको ठानिएको छ।
मंगलबार बेलुका मृतकहरुप्रति श्रद्धान्जली व्यक्त गर्न म्यानचेष्टरमा सैयौं मानिसहरु भेला भएका छन्।

ब्रिटेनकी गृहमन्त्री एम्बर रडले उक्त बर्बरतापूर्ण आक्रमणमा जानाजानी युवाहरुलाई निशाना बनाइएको बताइन्।
म्यानचेष्टर एरिनामा एक अमेरिकी गायिका एरियाना ग्रान्डीले आफ्नो प्रस्तुती सम्पन्न गर्न लागिरहँदा सो विस्फोट भएको थियो।उक्त हमलापछि उनले आफ्नो साङ्गीतिक विश्व यात्रा स्थगित गरेकी छन् र घटनाप्रति दु:ख व्यक्त गरेकी छन्।
म्यानचेष्टर विस्फोटनपश्चात दुई हप्ता भन्दा केहि पछि हुन लागेको आम चुनावका लागि भइरहेका अभियानहरुलाई ब्रिटेनका सबै दलहरुले स्थगित गरेका छन्।

यसअघि सन् २००५ मा लन्डनमा गरिएको आक्रमणमा ५० जना भन्दा बढीको ज्यान गएको थियो। @ बीबीसीनेपाली |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution