हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अमेरिकी ग्रिनकार्ड त्यागेर चुनाव लडे र गाउँपालिका प्रमुख बने:वंशलाल तामाङ


नवलपुर : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका। माओवादीको भोट ब्याङ्क। जिल्लाको शक्तिशाली पार्टी राप्रपाका जिल्ला अध्यक्ष दइन्द्र ठकुरी, एमालेका जिल्ला अध्यक्ष झम्क नेपालले उम्मेदवारी दिएको ठाउँ। कांग्रेसले कहिल्यै चुनाव नजितेको यो ठाउँमा यस पटक लामो समय आफ्नो थातथलोबाट टाढा रहेका एक ५६ वर्षका अधवैंशेले उम्मेदवारी दिएका थिए। तर, जित उनैको भयो।

अमेरिका पलायन भइसकेका एक व्यक्ति फर्केर स्थानीय सरकार प्रमुखमा चुनिनु सजिलो पक्कै होइन। तर उनको जितको पृष्ठभूमि थाहा पाउन माओवादी जनयुद्ध सुरु भएको समयतिर जानु पर्ने हुन्छ।

त्यतिबेला सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका चर्चित नेताका सूचीमा वंशलाल तामाङको नाम पनि थपिएको थियो। १६ वर्षकै उमेरमा २०३६ सालमा ऐँसेलुखर्क माविमा नेपाल विद्यार्थी संघको इकाई सभापति भएका उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट त्यतिबेलाको इलाका नम्बर ६ बाट जिल्ला सदस्यमा निर्वाचित भएका थिए।

त्यहीँबाट राजनीतिक उचाइ थप्दै आएका तामाङ २०५७ सालमा कांग्रेस जिल्ला सचिव बने। २०४२ सालको सत्याग्रह आन्दोलनमा जेल परेका उनले त्यतिखेर जिल्ला प्रशासनको ढिलासुस्ती र घुसखोरीविरुद्ध अभियान छेडेका थिए। राजधानी नजिक भए पनि सिन्धुपाल्चोक विकट पहाडी क्षेत्र भएको र त्यहाँका अधिकांश जनतालाई प्रशासनले दुःख दिने भएकाले धेरैजसो समस्याका पोका लिएर तामाङकहाँ धाउँथे।

त्यतिबेला विकासका विषयभन्दा पनि प्रशासनमा गर्नुपर्ने कामहरु र कर्मचारीको हेपाहा प्रवृत्तिबाट सर्वसाधारण त्रसित थिए। आफूकहाँ पुगेका समस्या सजिलै पन्छाइदिएपछि उनी जनतामाझ लोकप्रिय बन्दै गए। २०५६ सालको मध्यावधि निर्वाचनमा धेरैले क्षेत्र नम्बर २ मा कांग्रेसबाट उनैलाई टिकट दिनुपर्ने माग गरे। तर, पार्टीले पत्याएन।

यद्यपि उनको लोकप्रियता भने बढ्दो नै थियो। राजनीतिसँगै समाजसेवामा अगाडि देखिएपछि उनलाई माओवादीले अपहरणको प्रयास गर्‍यो। अपहरण असफल भएपछि तामाङलाई माओवादीले ज्यान मार्ने धम्की दियो।

‘मलाई २०५९ पुस २६ गते राति माओवादीले ज्यान मार्ने धम्की दिए, त्यही दिनबाट गाउँमा बस्न सकिनँ, जिल्ला छाड्नुपर्‍यो,’ तामाङले भने, ‘ज्यान जोगाउन काठमाडौंमा भूमिगत भएँ।’

काठमाडौंमा पनि माओवादीको निगरानी बढ्यो। त्यसपछि उनी अमेरिका पलायन भए। उनले देश छाडेको केही वर्षमै युद्धविराम भयो। र, उनको थातथलोमा दुई पटक संविधानसभाको चुनाव भयो। दुवै पटक माओवादीका अग्नि सापकोटाले जिते।

त्यही क्षेत्रमा पर्ने इन्द्रावती गाउँपालिकामा माओवादीको विरासत तोड्दै, एमाले जिल्ला अध्यक्ष झम्कनाथ नेपाललाई हराउँदै झन्डै १२ वर्ष अमेरिका बसेर फर्केका तामाङ प्रमुखमा चुनिएका छन्। यसअघि राप्रपा, एमाले र माओवादीले जित हासिल गर्दै आएको ठाउँमा तामाङको आगमन र कांग्रेसको जितले बेग्लै किसिमको उत्साह छाएको छ।

कांग्रेसले कहिल्यै चुनाव नजित्ने ठाउँमा उम्मेदवारी दिने आँट कसरी आयो?

‘मुख्यत जनताको माग थियो। म अमेरिका हुँदा पनि मलाई विभिन्न माध्यममार्फत गाउँलेहरुले फर्किन अनुरोध गरिरहनुभयो। त्यसैले म निर्वाचन घोषणा गर्नासाथ अमेरिकाबाट फर्केँ। गाउँ गएँ। हरेक गाउँ पुग्दा सबैले मलाई नेतृत्वमा देख्न चाहेको बुझेँ। म आए हुन्थ्यो भन्ने उहाँहरुको कुराले मलाई उम्मेदवारी दिने आँट आयो।’

त्यही आँटले फेरि उनलाई अमेरिका नै फर्कायो। अमेरिका पुगे। स्थानीय तह निर्वाचन ऐन अनुसार विदेशी मुलुकको ग्रिनकार्ड भए उम्मेदवारी दिन पाइँदैन। त्यसैले ग्रिनकार्ड त्यागे। अनि निर्वाचनमा होमिए। र, जिते पनि।

इन्द्रावतीको प्रमुखमा चुनिएपछि तामाङले खुशी साटे, ‘२०५६ देखि मलाई जनताले पर्खी बसेका रहेछन्, अखिर सत्यको जित भएको छ, मैले नराम्रो गरी गाउँ छाडेको भए मलाई जनताले मत नै दिँदैनथे।’

जनस्तरमा व्यक्तिगत प्रभाव जित्नुको मुख्य आधार भएको उनको दाबी छ। अखिर त्यस्तो प्रभावकारी काम के गरेका छन् त उनले?

तामाङ भन्छन्, ‘अमेरिका पलायन भए पनि विभिन्न माध्यमबाट गाउँका विकास निर्माणमा जोडिएँ। यही सिलसिलामा न्युयोर्कमा सन् २०१० मा सिन्धु वेलफेयर सोसाइटी स्थापना भयो। त्यही संस्थामार्फत गाउँका अनाथ, द्वन्द्वपीडितलाई नेपालीकै सहयोगमा आवासीय सुविधासहित पढाउने व्यवस्था गरेँ। हाल १३ जना यस्ता बालबालिका काठमाडौंको कपनस्थित माउन्ट कैलाश स्कुलमा विभिन्न कक्षामा अध्ययनरत छन्।’

यस क्षेत्रका विद्यालयहरुमा उनले विभिन्न कार्यक्रम ल्याए। स्थानीय स्रोतलाइ व्यवस्थापन गर्दै खानेपानीको व्यवस्थाका लागि पनि परियोजना ल्याए। भूकम्पको समयमा अमेरिकामा रहेर राहतका लागि सक्रिय रहे। आफ्नो गाउँ र निर्वाचन क्षेत्रमात्र होइन सिन्धुपाल्चोककै क्षेत्र नम्बर १ मा पनि सक्रिय रहे। जुरे पहिरोले ध्वस्त भएको वनसाँघु माविको आधुनिक भवन उनकै नेतृत्वमा निर्माण भयो। त्यही क्षेत्रका अरु विद्यालयहरुमा पनि उनले सहयोग पुर्‍याए।

कुनै लाभको पदमा नहुदाँसमेत गाउँको विकासमा लागेका उनबाट जनताले धेरै आशा गरेका छन्। यस गाउँलाई नमुना गाउँपालिका बनाउने र विश्वका विभिन्न नगरहरुसँग मितेरी सम्बन्ध गाँसेर प्रविधिमैत्री बनाउने उनको योजना छ।

‘घरघरमा धारा पुर्‍याउने घोषणा पार्टीको हो, यो अवश्य पूरा हुन्छ, इन्द्रावतीमा चक्रपथ हाम्रो सपना हो, हामी पाँच वर्षभित्रमा यो सपना पूरा गर्छौ। तर, हाम्रो पहिलो प्राथमिकता पुनर्निमाण नै हुनेछ,’ उनले भने।

-नेत्र तामाङ / पहिलोपोस्ट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution