नेपाली संङ्घीय समाज इजरायलको चौथो स्थापना दिवस मनाउदै

तेलअविव -सम्पूर्ण नेपालीहरुको गौरवशाली पार्टी संङ्घीय समाजवादी फोरम,नेपालको प्रवास संगठन “नेपाली संङ्घीय समाज,इजरायलको चौथो स्थापना दिवस” पहिचानवादीहरुको एकता आजको आबश्यकता,अधुरो र अपुरो संविधान संशोधन अपरिहार्यता” पहिचान र अधिकार सम्बृद्ध नेपालको मूलआधार,सम्भव छ हाम्रै पालामा,अरु गर्छन कुरा हामी गर्छौं पुरा” भन्ने मुख्य नाराहरु सहित आउँदो १६ जुन २०१७ (शुक्रबार) सांझ ठिक ५ बजे बेनीबारख – १६ तेलअविमा भव्यताको साथ मनाउने गईरहेको नेपाली संङ्घीय समाज,इजरायलका महासचिब पासाङनुर्बु शेर्पाले जानकारी दिनु भएको छ |
आदरणीय इजरायलवासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा उक्त एतिहासिक कार्यक्रममा उपस्थिति भई सहयोग साथ र समर्थनको अपेक्षा राखेकोले सम्पूर्णलाई प्रत्यक्ष उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ |
उक्त एतिहासिक स्थापना दिवस कार्यक्रम इजरायलमा स्थापित भई क्रियासिल राजनीतिक ,सामाजिक, र धार्मिक संघसंस्था र संगठनहरु, इजरायलबाट संचालित विभिन्न अनलाईनमिडियाका संचारकर्मी बन्धुहरुलाई संगठनबाट अधिकारिक पत्रचार गरि निमन्त्रणा गरिने जनाएको छ | सबैसंग भाईचाराको समधुर सम्बन्धहरुलाई अझ प्रगाढ बनाई प्रवास भुमि इजरायलमा नेपाली एकताको शुभसन्देश दिने बताएको छ |उक्त दिन अन्य विभिन्न संघ,संस्थाहरुको पनि महत्वपूर्ण कार्यक्रमहरु भएकोले कार्यक्रम तोकिएको ठिक ५:०० बजे समयमा नै सुभारम्ब हुने भएको छ |जसअनुसार आमन्त्रित् अतिथिवर्गहरु,संचारकर्मी बन्धुहरु र सम्पूर्ण इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरु समय अगावै उपस्थिति भई दिनु हुना हार्दिक अनुरोध गरेको छ |