२३ बर्षिया छात्राले बलात्कारी स्वामीको लिंग चट्ट पारिन्

केरला। भारतको केरलामा एक छात्राले आफ्नै स्वामीको यौनांग काटिदिएकी छन् । केरलाको २३ बर्षिया कानुनकी ती विद्यार्थाी आफ्ना स्वामीबाट निरन्तर बलात्कारको सिकार हुँदै आएको पिडितले बताएकी छन् ।
कोल्लमको पनमाना आश्रमका गणेशानान्द नाम गरेका स्वामीले आमालाई भेट्ने बहानामा उनको घर जाने र छात्रालाई पटक पटक बलात्कार गरेको आरोप पिडितले लगाएकी छन् । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरेको जनाइएको छ ।
पिडित छात्राका अनुसार १६ बर्षको उमेरदेखि नै बलात्कार गर्दै आएका स्वामीले आफ्नो कर्तुत जारी राखेपछि उनले धारिलो औजार प्रयोग गरेर यौनांग काटिदिएको र आफैँले पुलिसलाई फोन गरेर घटनाबारे जानकारी गराएको बताइन् । आरोपि अहिले अस्पतालमा भर्ना भएका छन् ।
आरोपीको लिंग ९० प्रतिशत काटिएको पुलिसले जनाएको छ । डक्टरको टोलीले पिसाव पास हुने र रगत रोक्ने गरि लिंगमा प्लास्टिक सर्जरी गरेको छ ।
एजेन्सी