इजरायलमा बुद्ध जयन्तीमा संकलित रकमको विवरण, महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई पठाउने

नेपाल आदिवासी जनजाती महासंघ इजरायलको मुख्य आयोजना र इजरायलमा क्रियासिल सामाजिक,धार्मिक,राजनीतिक,सांस्कृतिक, साहित्यिक संघ संस्थाहरु र अनलार्इन मिडियाहरुको सह-आयोजनामा गत १३ मे २०१७ (शनिबार) तेल-अविवमा भव्य रुपमा सम्पन्न २५६१ औं बुद्ध जयन्ति कार्यक्रममा संकलन भएको स्वेच्छिक आर्थिक र भौतिक सहयोग बिवरण, दाता संस्था र व्यक्तिहरुको नाम सहित सार्वजनिक गरिएको छ।
सो कार्यक्रममा भएको सबै खर्च मूल आयोजक संस्था महासंघ इजरायल आफैले व्यहोर्ने पुर्व निर्णयानुसार कार्यक्रममा भएको सबै खर्च ४९६५ सेकेल महासंघको कोषले भुक्तानी गरिसकेको छ |
कार्यक्रममा संकलन भएको १९,२१० ९अक्षेरुपि _ उन्नाइस हजार दुई सय दश सेकेल र १५० अमेरिकी डलर विज्ञान तथा प्रविधिको विकासको लागि महाबिर पुनको पहलमा स्थापना भएको “राष्ट्रिय आविष्कार केन्द्र” लाई पठाउने नेपाल आदिवासी जनजाती महासंघ इजरायलको जानकारी दिएको छ |
संस्थागत र व्यक्तिगत गरी संकलित रकम र भौतिक सहयोग गर्ने संस्थाहरुको नामावाली