हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

के हो चटयाङ ? चट्याङ परेका बेला कसरी जोगिने ? बिजुली चम्केको देखे तपाईं बाँच्नुभयो

नेपाल प्रहरीको आधिकारिक तथ्यांकअनुसार यो वैशाखको गत बुधबारसम्म मुलुकमा चटयाङका ५० घटना दर्ज गरिए । चटयाङले गर्दा १६ जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते भए
चटयाङबाट ज्यान गुमाउनेमा मानिस मात्र नभई चौपायासमेत छन् । प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार चटयाङले १६ चौपायाको ज्यान लिनुका साथै चार वटा घर र एउटा गोठमा समेत क्षति पुगेको छ ।
२०७१ सालयता गत बुधबारसम्म चटयाङबाट ३ सय ३६ जनाको मृत्यु हुनुका साथै ९ सय २९ जना घाइते भएका छन् । चटयाङमा प्रहरी तथ्यांकले बर्सेनि सयभन्दा बढीको मृत्यु हुने गरेको देखाउँछ । २०७१ सालमा १ सय १९ जनाको मृत्यु हुनुको साथै २ सय ८६ जना घाइते भएका थिए ।

यस्तै, २०७२ सालमा ९७ को मृत्यु र २ सय २९ जना घाइते भए भने गत वर्ष अर्थात् २०७३ सालमा १ सय ४ जनाको मृत्यु र ३ सय ३३ जना घाइते भएका एसएसपी खनाल बताउँछन् ।

मुलुकमा चटयाङले हुने मानवीय क्षतिको विकराल स्थिति रहे पनि अझै आम जनमानसमा यसबाट जोगिने उपाय, सुरक्षाका लागि गर्नुपर्ने विभिन्न प्रक्रिया, प्राथमिक उपचारलगायतबारे खासै जनचेतना छैन ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार दिनहुँ ८० लाखभन्दा बढीपटक पृथ्वीमा चटयाङ पर्ने गर्छ । सामान्य व्यक्तिका लागि चटयाङमा पर्ने जोखिम कम भए पनि यसको मारमा पर्नेहरूमा गम्भीर चोटपटक देखिन्छ ।

सन् २००३ देखि २०१२ सम्म अमेरिकाजस्तो विकसित मुलुकमा समेत औसत ३५ जनाको बर्सेनि मृत्यु हुने गरेको थियो ।

के हो चटयाङ ?
चटयाङ ‘बादल र बादल’ वा ‘बादल र जमिन’ बीच बग्ने एक प्रकारको विद्युतीय करेन्ट हो । पृथ्वीको सतहबाट जलवाष्प माथि आकाशमा पुगेपछि शून्यभन्दा तल्लो तापक्रममा बरफमा परिणत भएका पानीको कणबीच घर्षण हुँदा विद्युतीय ‘चार्ज’ उत्पन्न हुन्छ । यसपछि विपरीत जार्च भएका कणहरू एकअर्काबाट पृथक हुन थाल्छन् र आकाशमा विद्युतीय क्षेत्र तयार हुन्छ । यो विद्युतीय क्षेत्रले स्थिरताका लागि सजिलो बाटो खोज्छ । बादलमा धेरै ठूलो चार्ज उत्पन्न भएपछि यसले पृथ्वीको सतहमा भएको सुचालक खोज्न थाल्ने औंल्याउँदै भौतिक शास्त्री एवं चटयाङमै विद्यावारिधि गरेका श्रीराम शर्मा भन्छन्, ‘र, पृथ्वीको सतहमा भएको, ठूलो टावर, रूख, घर, पाइप वा कुनै व्यक्ति चटयाङको सिकार बन्छ ।’
एउटा चटयाङमा सूर्यको सतहभन्दा पाँच गुणा बढीसम्म तापक्रम हुन सक्छ । अर्थात्, यो तापक्रम २७ हजार डिग्री सेन्टिग्रेडसम्म हुन सक्छ । एउटा चटयाङमा बादलबाट जमिनतिर चार्ज बग्दा एक अर्ब भोल्टसम्मको विद्युत् प्रवाह हुन सक्छ ।

चटयाङ एक सेकेन्डको हजार भाग बराबरभन्दा पनि कम समयसम्मको लागि हुन सक्छ । यति सानो समयमा ठूलो करेन्ट बग्दा हावा र पानीको कणलाई तताउँछ । पानीको कण तातेर आवाज उत्पन्न हुनुका साथै वायुमण्डलका विभिन्न ग्यासले प्रकाश उत्पन्न गर्ने शर्मा बताउँछन् ।

चटयाङको आवाज सामान्यत: ११ किलोमिटर टाढासम्म सुनिन्छ भने कहिलेकाहीँ यो आवाजलाई ३३ किलोमिटर टाढासम्म पनि सुन्न सकिन्छ ।

 

बिजुली चम्केको देखे तपाईं बाँच्नुभयो
यदि तपाईंले चटयाङको चमक देख्नुभयो भने नआत्तिनुस्, तपाईं जोगिनुभयो । प्रकाशको गति करिब ३ लाख किलोमिटर प्रतिसेकेन्ड हुन्छ भने ध्वनिलाई १ किलोमिटर टाढा पुग्न करिब ३ सेकेन्ड लाग्छ । यसैले बिजुली चम्केको देखियो भन्नुको तात्पर्य तपाईं यसबाट अप्रभावित रहनु हो ।

अपराह्न ४ बजेदेखि ६ बजेबीच सर्वाधिक चटयाङ
मुलुकमा सामान्यत: अपराह्न ४ बजेदेखि ६ बजेसम्म सबैभन्दा बढी चटयाङ पर्ने गरेको छ । यस्तै, पूर्वी नेपालको झापामा सबैभन्दा बढी चटयाङ पर्ने गरेको पाइन्छ ।

यसबाहेक पूर्वी नेपालको चुरे पर्वत शृंखला सुरु हुने ठाउँदेखि नवलपरासीसम्मको खण्ड चटयाङबाट बढी प्रभावित क्षेत्र रहेको शर्मा बताउँछन् । मकवानपुरको उत्तरी क्षेत्रमा समेत यसको अधिकतम प्रभाव देखिएको छ । यसबाहेक त्रिशूली नदी क्षेत्र, पोखरा, विराटनगर, सिन्धुपाल्चोक विशेष प्रभावित क्षेत्रमा पर्छन् ।

उपचार
चटयाङ प्रभावितलाई समय खेर नफाली तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा पुर्‍याउनुपर्छ । चटयाङको विद्युतको मानव शरीरमा थुप्रै गुणा नकारात्मक असर हुन्छ । चटयाङले शरीर डढा तन्तुहरूमा क्षति पुग्नुका साथै यो नष्टसमेत हुन सक्छ । यसलाई सहजै निको पार्न सकिँदैन ।

‘चटयाङले सबैभन्दा बढी हाम्रो टाउको, घाँटी र काँधलाई प्रभावित पार्छ,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति एवं इमर्जेन्सी एन्ड जेनरल प्राक्टिस विभागका प्रा.डा. भरत यादव भन्छन्, ‘यसले मुटको चाल रुक्नुको साथै हाम्रो अंगहरूसमेत डढ्न सक्छ ।’

शरीरमा भएको रगत लिएर जाने ससाना नलीहरूसमेत चटयाङको प्रभावले फुट्न सक्छन् । चटयाङको असर हाम्रो स्नायु प्रणालीमा समेत पर्छ । यसले गर्दा हृदयाघात भएरसमेत मृत्यु हुन सक्छ । त्यति मात्र नभई शारीरिक अपंगताको जोखिमसमेत हुन्छ ।

चटयाङले शरीरको कुनकुन भाग र प्रणालीमा कस्तो प्रकारको असर पारेको हो, यसलाई निक्र्योल गरेर उपचार प्रक्रिया अपनाइने जनाउँदै डा. यादव भन्छन्, ‘सबैभन्दा पहिले चटयाङले भएको मुटुसम्बन्धी समस्या र डढाइमा ध्यान दिएर उपचार सुरु गरिन्छ ।’

चटयाङले धेरैजसो मुटुको चालमा गडबडी हुने गरेको औंल्याउँदै मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल भन्छन्, ‘घटनास्थलमा भएकाहरूले चटयाङले घाइते भएकाहरूको सास र मुटु चलिरहेको छ वा छैन तुरुन्त हेर्नुपर्छ ।’

नाडीको चाल हेर्न सबैभन्दा राम्रो स्थान गर्दनमा भएको धमनी छाम्नुपर्छ । श्वास र नाडीको चाल नदेखिए स्वास्थ्य सहयोग नआएसम्मका लागि कार्डियोपल्मुनरी रेसिस्युटेसन (सीपीआर) गर्न थाल्नुपर्छ । एक्कासि मुटुको चाल रोकिँदा सीपीआर धेरै प्रभावकारी हुन्छ । घाइतेको सास बन्द रहे तुरुन्त मुखका माध्यमले मुखमा दिइने कृत्रिम श्वासप्रश्वास प्रक्रिया सुरु गर्नुपर्छ । घाइते चिसो र भिजेको ठाउँमा रहे हाइपोथर्मियाबाट जोगाउन प्रभावीलाई बाक्लो तन्नालगायतका कुनै वस्तुमा राख्नुपर्छ ।

चटयाङले मुटुको चाल बिग्रेर तुरुन्त मृत्युसमेत हुन सक्छ भने यसले मुटुका मांसपेशीमा असर गरेर मुटुलाई कमजोरसमेत बनाउन सक्छ । समयमै उपचार गरिएमा मुटुको अवस्थालाई पूर्ण रूपले निकोसमेत गर्न सकिन्छ ।

चटयाङले धेरैजसो देखिने मुटुसम्बन्धी समस्या ‘मायो कार्डाइटिस’ अर्थात् मुटुको मांसपेशीको क्षति रहेको औंल्याउँदै डा.ओममूर्ति भन्छन्, ‘यो क्षति हुँदा इलेक्ट्रो कार्डियोग्राम परीक्षण (ईसीजी) मा ह्दयाघात भएको जस्तै परिवर्तन देखिन्छ ।’

चार वर्षअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चटयाङ प्रभावित नुवाकोटकी १० वर्षे बालिका ल्याइएको घटना सम्झँदै डा. ओममूर्ति भन्छन्, ‘चटयाङ प्रभावित ती नानीको शरीर कतै डढेको थिएन तर मुटु अत्यन्त कमजोर भएर श्वासप्रश्वासको समस्याले गर्दा अस्पताल ल्याइएको थियो ।’

ती बालिकामा चटयाङले मुटूको मांसपेशीमा हानि पुर्‍याएको पहिचान गरिएको जनाउँदै उनले बालिकाको ईसीजी गर्दा ह्दयाघातजस्तै परिवर्तन देखिएको समेत सम्झन्छन् ।

चटयाङ प्रभावितको ईसीजीमा देखिने परिवर्तनले धेरैजसो स्वास्थ्यकर्मी ह्दयाघात नै हो कि भनेर समेत झुक्किने गरेको औंल्याउँदै डा. ओममूर्ति भन्छन्, ‘तर यो ह्दयाघात होइन, चटयाङले मुटुको मांसपेशीमा क्षति पुगेर ईसीजीमा परिवर्तनसँगै कार्डियाक इन्जाइममा वृद्घि गराउँदा ह्दयाघातमा देखिनेजस्तै परिवर्तन देखिएको हो ।’

मुटुको क्रियाकलापमा सुधार ल्याउन विभिन्न औषधिलगायत सामान्य प्रक्रियापछि ती बालिका पूरै निको भएर घर फर्किएकी जनाउँदै डा. ओममूर्ति भन्छन्, ‘चटयाङ प्रभावितको मुटुको उपचार नगर्दा विस्तारै मुटुको क्रियाकलाप बिग्रेर मृत्युसमेत हुन सक्छ ।’ चटयाङ प्रभावित व्यक्तिको स्वास्थ्य संस्थामा ईसीजी र इको अनिवार्य रूपमा गर्नुपर्छ । चटयाङ प्रभावितको मुटु परीक्षण आवश्यक छ ।
चटयाङ परेका बेला कसरी जोगिने ?

-फुस, पक्की वा जस्तोसुकै घरमा चटयाङको सुचालक (लाइटनिङ कन्डक्टर) लगाउनुपर्छ ।
-जमिनमा रहँदा असुरक्षित अग्लो वस्तुको मुनि, छेउछाउमा बस्नु हुँदैन ।
-अग्लो रूख, बाँसको झाङलगायतको मुनि र खुल्ला ठाउँमा बस्नु हुन्न ।
-हाइटेन्सन लाइनको नजिक भए दुइटा ठूलो टावरबीच तारमुनि बस्दा हुन्छ ।
-घरभित्र हुँदा रेडियो, टेलिभिजन, इलेक्ट्रोनिक उपकरण आदि बन्द राख्नुपर्छ ।
-तार जोडिएको फोन (ल्यान्ड लाइन) उपयोग गर्नु हुँदैन । यसबाट मृत्युसमेत भएको छ

खुला धारामा नुहाउनु हुँदैन ।
सकेसम्म विद्युतीय उपकरणभन्दा टाढै बस्नुपर्छ ।
चटयाङ परिरहेका बेला रेडियो, टीभी, कम्प्युटर, सबैको मोडेम र पावर प्लग निकाल्नुपर्छ ।
झयालढोकाबाट अलि टाढा बस्नुपर्छ ।
नांगा खुट्टाले भुइँमा टेक्नु हुँदैन ।
पछिल्लोपटक चटयाङको आवाज सुनेको आधा घण्टासम्म बाहिर निस्कनु हुँदैन ।
– अतुल मिश्र / इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution