प्रेस काउन्सिलको अध्यक्षमा पहिचानवादी पत्रकार – भवानी बराल नियुक्त

जेष्ठ ४, २०७४- सरकारले प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ पत्रकार भवानीप्रसाद बराललाई नियुक्त गरेको छ । वहाँले आदिवासी जनजाति , मधेशी ,थारु ,मुस्लिम ,दलित लगायत पिछाडीको समुदायको पहिचानको पक्षमा उनीहरुको हक,हित र अधिकारको लागि लामो समय देखि कलम चलाउदैआउनु भएको पत्रकार हुनुहुन्छ |
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले वहाँलाई नियुक्त गर्ने निर्णय गरेको हो । बरालले धरानमा बसेर पत्रकारिता गर्दै आएका थिए ।