राष्ट्रिय तामाङ घेदुङ इजरायलको गठन,भ्रममा नपरौ-माया तामाङ(दिप्मा)

तेलअविव – इजरायलमा राष्ट्रिय तामाङ घेदुङ इजरायलको स्थापना गरेका छ । गत १३ मे २०१७ (शनिवार) तेलअभिवस्थित सेन्ट्रल बस स्टेसनको पछाडिको सानो पार्कमा विक्रम लामा तामाङको संयोजकत्वमा भएको भेलाले निर्मला स्याङ्वा लामाको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नबगठित “राष्ट्रिय तामाङ घेदुङ इजरायल”को अध्यक्षमा निर्मला स्याङ्वा लामा, सहअध्यक्षमा मछिन्द्र तामाङ, प्रथम उपाध्यक्षमा दिनेश मोक्तान, द्वितिय उपाध्यक्षमा निरु मोक्तान, महासचिवमा भरत लामा, सचिवमा मिन कुमार लामालाई चयन गरिएको छ । त्यस्तै कोषाध्यक्षमा निमा अनिता योञ्जन रहेकी छिन् भने सह कोषाध्यक्षमा टलक लामा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा धन कुमार लामा, प्रल्हाद लामा, राम लामा, जमुना लामा, जोस्ना तामाङ, सिमा योञ्जन, दिपा तामाङ, अमन पाख्रिन, जीवन गोले, रोजिना तामाङ, सुकु तामाङ, सागर तामाङ, विकाश तामाङ, कमल लामा, एजिना तामाङ, प्रविन तामाङ, उमा लामा, लुजा तामाङ, सरिता तामाङ,. सोमा तामाङ, लालमाया तामाङ, सुमित्रा तामाङ, माया मोक्तान, माया दोङ, सुमित्रा लामा, शोभा तामाङ, लाल गोरी तामाङ, रन कुमारी तामाङ र शुशिला तामाङ रहेका छन् ।
गत १२ मे २०१७ (शुक्रबार) नेपाल तामाङ घेदुङ इजरायलको तेश्रो अधिवेशनमा विवाद भएकोले नयाँ संस्था गठन भएको भन्ने समाचार केहि मिडियाहरुमा भएकोमा नेपाल तामाङ घेदुङ इजरायलको नवनिर्वाचित अध्यक्ष माया तामाङ (दिप्मा) संग तामाङअनलाइनले सम्पर्क गरी बुझ्दा खासमा केहि विवाद भएको होइन , केहि समुहमा तामाङ ज्यो ज्यो आले ,नाना भुरिङ अधिवेशनमा उपस्थित हुनु भएको हो र वहाँहरुको मांग संस्थाको अध्यक्ष पदमा मात्रा जोड भएको र आफुहरुले संस्थागत रुपमा बिधान अनुसार चल्नुपर्ने , संस्थाको सदस्य समेत नलिएको ब्यक्तिहरुलाई अध्यक्ष दिन नसक्ने , अध्यक्ष बाहेक जुनसुकै पदहरुमा सहमति अनुसार कार्यसमिति गठन गर्न तयार रहेको प्रस्ताब राखेपनि वहाँहरु अध्यक्ष बाहेक कुनै पदमा नबस्ने भन्दै नेपाल तामाङ घेदुङ इजरायलको तेश्रो अधिवेशनको स्थल छाडी जानु भएको बताउनु हुदै कुनै पनि भ्रममा नपर्न र नेपालमा तामाङ समुदायको एक मात्रा मुलुकभर रहेको राष्ट्रिय संस्था “नेपाल तामाङ घेदुङ” भएकोले इजरायलवासी आदरणीय तामाङ ज्यो ज्यो आले तथा नाना भुरिंङहरुलाई नेपाल तामाङ घेदुङ ,इजरायल संग आवाद्ध हुना हार्दिक अनुरोध समेत गरिन् |
नेपालमा तामाङ समुदायको एक मात्रा मुलुकभर रहेको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ हो | यो संस्था नेपाल आदिवासी जनजाती महासंघ संग आवाद्ध छ | प्रवासी भुमी इजरायलमा पनि नेपाल तामाङ घेदुङ इजरायल आदिवासी जनजातीहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ इजरायल संग आवाद्ध रहेको छ |