लतिलपुर महानगरपालिकाको वडा नं १ मा कांग्रेसका उम्मेद्वार विजयी

काठमाडौं, जेठ १ – लतिलपुर महानगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका निर्मल तण्डुकार विजयी हुनु भएको छ । ६९२ मत पाएर तण्डुकार वडा अध्यक्षमा विजयी हुनु भएको हो । उहाँका प्रत्यासी एमालेका रमेश महर्जनले ५३० र माओवादी केन्द्रका अर्जुन तण्डुकारले २८१ मत मात्रै पाए ।
यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी सुशीला सिजाँपतिले ६२९ मत पाएर विजयी हुनुभयो भने कांग्रेसकै कृष्ण महर्जनले ५९५ र हरिहर तण्डुकार ६४६ मत पाएर विजयी हुनुभयो । यस्तै दलित महिला सदस्यमा नयाँ शक्तिकी बिमा कुमारी पोडे निर्विरोध विजयी हुनु भएको छ ।