हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा बुद्ध जयन्ती सम्पन्न,नेपाली दुतावासबाट कोहि आएनन् …..

तेलअविव – नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा इजरायलमा स्थापित जातीय संघसंस्थाहरु , सामाजिक , राजनैतिक, धार्मिक , साहित्यिक संघसंस्थाहरुको सह-आयोजकमा र १२ वटा मिडीया पार्टनरहरु सहित २५६१ औ बुद्ध जयन्ती कार्यक्रम तेलअविव, इजरायलमा भब्यताका साथ सम्पन्न गरेको छ |
नेपाल आदिवासी जनजाती महासंघ इजरायलको अध्यक्ष श्रीमती निर्मला गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएन इजरायलको अध्यक्ष दिपक वली रहेका थिए | बिशेष अतिथि धर्मगुरु लामा थुप्तेन तामाङ, सहआयोजक संस्थाका अध्यक्ष तथा प्रतिनिधि,मिडियाकर्मी लगायतका अतिथिहरुमा रहेका थिए |
बौद्ध धर्मगुरु लामा थुप्तेन तामाङ लगायतका लामा गुरुहरुबाट बौद्धधार्मिक विधिअनुसार पाठपूजा गरी कार्यक्रमको शुरवात गरेका थिए | कार्यक्रममा सहभागीहरुलाई सम्वोधन गर्दै ममता लिम्बुले स्वागत मन्तव्य राखेकी थिईन् |
राष्ट्रिय गौरब र भगवान बुद्धको जन्म नेपालमा भएको जानकारी बिश्व सामु अवगत गराउदै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश अनुरुप बिगत सन् २०१० देखि इजरायलमा मनाउदै आईरहेको बुद्ध जयन्ती कार्यक्रममा यसपटक नेपाली राजदुतवास इजरायललाई सदा झैँ प्रमुख अतिथिमा निमन्त्रणा गरीयता पनि उपस्थित नजनाएको आयोजक संस्थाले जानकारी दिएका थिए | राजदुतावासबाट कुनै प्रतिनिधि पनि सहभागी नभएकोले कार्यक्रम कार्यतालिका हेरफेर गर्नु परेकोले कार्यक्रम तोकिएको समय भन्दा ढिला हुना गएको थियो | बुद्ध जयन्ती कार्यक्रम नेपाली दुतावास इजरायलले आयोजन गर्नुपर्ने यहाँ स्थित संघसंस्था द्वारा आयोजित कार्यक्रममा सहभागिता समेत नजनाएकोमा आयोजक संस्था,सहआयोजक संस्था लगायत उपस्थित सबै नेपालीहरु असन्तुष्टि देखेका थिए |

कार्यक्रम  स्थल परिसरमा बुद्ध जयन्तीको र्याली सहित बुद्ध वाज बोर्न एन नेपाल भन्ने नारा समेत लगाएका थिए | कार्यक्रममा सहभागीहरुलाई प्रशाद,खानेपानी र जुश बितवरण गरेका थिए |
प्रमुख अतिथी एनआरएन इजरायलका दिपक वलीले लगायत सहआयोजक संस्थाका र सह आयोजकमा रहनु भएका संघ संस्थाका पदाधिकारीहरुले बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्नु भएको थियो |
कार्यक्रमको सभापति निर्मला गुरुङले इजरायलमा रहेका प्राय सबै संस्था एकै थलोमा भेला भई आयोजित कार्यक्रममा नेपाली राजदुतावास इजरायलको उपस्थित नहुनु गैरजिम्मेवार र लाचारपन भएको बताएकी थिईन् | नेपाली राजदुतावासको सहभागिता नाचगान,भोजभतेरमा मात्र सिमित रहेको र कस्तो कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ भन्ने हेक्का र जानकारी समेत दुतावासको कर्मचारीलाई थाह नभएको बताउनु भएको थियो | साथै वहाँले नेपाली राजदुतावास इजरायलको द्धितीय सचिव हरिहर कान्त पौडेललाई टेलिफोनमा सम्पर्क गरी कार्यक्रम सुचारुको लागि सबै तयारी भएको र दुतावासको उपस्थितको  समयबारे बुझ्न खोज्दा  शुक्रबार बेलुका नाचगान र भोजसहितको कार्यक्रममा ढिलासम्म बस्नु परेकोले निन्द्रा अपुग भएकोले आफु उपस्थित हुना नसक्ने जवाफ प्राप्त भएको जानकारी समेत कार्यक्रम राखेकी थिईन् |

इजरायलको लागि नेपाली राजदुत  नवनियुक्त महामहिम निरञ्जन थापा गतसाता इजरायल आईसक्नु भएको छ | दुतावासको अनुपस्थितबारे नेपाली राजदुतावास इजरायलको द्धितीय सचिव हरिहर कान्त पौडेललाई तामाङअनलाइनले सम्पर्क गर्न खोज्दा फोन उठाउनु भएन |

कार्यक्रममा संकलित सहयोग रकम महाबिर पुन द्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्ने जानकारी आयोजकले दिएका छन् |

कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ इजरायलका महासचिव नयन इम्सोङ लिम्बु र कार्यकारीसदस्य नानीमाया योन्जन तामाङले कुशलतापुर्वक संचालन गरेका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution