हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

चितवनकाे साइराम डेन्टलकेयर विश्वकै उत्कृष्ट सातभित्र

 

 

चितवन, वैशाख २७ गते । चितवन र छिमेकी जिल्लाका २५ हजारभन्दा बढीको निःशुल्क रुपमा दन्तपरीक्षण गराएको यहाँका साइराम डेन्टलकेयर विश्वकै उत्कृष्ट सातभित्र पर्न सफल भएको छ ।

साइराम डेन्टलकेयर ‘हम्बल’ क्लिनिकबाट पुरस्कृत भएको हो । एसियाकै पहिलो संस्थाको रुपमा आफ्नो संस्थाले पुरस्कार पाएको संस्थाका सञ्चालक डा अजय न्यौपानेले बताउनुभयो ।

न्यौपाने र डा सरु थापा क्लिनिकसँगै निःशुल्क शिविर लिएर गाउँगाउँ जाने गर्नुहुन्छ । यो दम्पत्तीले सञ्चालन गरेको क्लिनिकले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय सेवा, सामाजिक क्षेत्रमा सक्रियता र वातावरणमैत्री काम गरेकाले पुरस्कृत हुनसफल भएको हो ।

हम्बल स्माइल फाउन्डेसनद्वारा उपलब्ध गराउने यस पुरस्कारबाट आफ्नो संस्था पुरस्कृत हुँदा निकै गौरव महसुस भएको डा न्यौपानेले बताउनुभयो ।

दन्त उपचार गर्दा दक्ष दन्त चिकित्सकबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरीय औजार र दन्त सामग्रीको प्रयोग हुनुपर्छ । ‘हामीले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका छौँं, साइराम डेन्टल केयरकी सञ्चालिका डा सरु थापाले भन्नुभयो, “गुणस्तरीय सेवाका कारण हामी संसारकै उत्कृष्ट सातभित्र अट्न सफल भयौ ।”

पुरस्कार प्रदान गर्ने संस्थाले केही वर्षदेखि नै साइराम डेन्टल केयरको गतिविधि अनुगमन गरेको थियो । फाउन्डेसनको अध्ययनअनुसार साइराम डेन्टलले क्लिनिकल्ली अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले उक्त सम्मान पाएको हो । साथै समुदायमा गई गरिने दन्तशिविर, जनचेतनामूलक कार्यक्रम गरेको हुनुपर्छ । क्लिनिकको स्थापना सन् २००४ मा भएको हो ।

उत्कृष्ट सात क्लिनिकभित्र भिक्टोरिया डेन्टल युके, म्याक्स ३६ जर्मन, एलेक्जेन्डर अर्थोडन्टिस अमेरिका, वेल क्लिनिक ब्राजिल, डिएफवाइ डेन्टल अष्टे«ेलिया रहेका छन् । गत हप्ता साइराम सम्मानित भएको हो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution