हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

२५६१औँ बुद्ध जयन्ती मनाइरहँदा रामग्राम स्तुप ओझेलमा

नवलपरासी, वैशाख २७ गते । वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६१औँ बुद्ध जयन्ती भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले देशभर २५६१औँ बुद्ध जयन्ती मनाइरहँदा विभिन्न स्थानमा ‘शान्तिका अग्रदूत भगवान्् गौतम बुद्धसँग सम्बन्धित अधिकांश महत्वपूर्णस्थल ओझेलमा परेको अवस्था छ । धार्मिक र पर्यटकीय दृष्टिकोणसहित पौराणिक महत्व राख्ने यस्ता स्थलको उचित संरक्षण र प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको हो ।

नवलपरासीमा भगवान् गौतम बुद्धसँग सम्बन्धित रामग्राम स्तुप गौतम बुद्धको अस्थिधातु रहेको स्थल रहेको छ भने बन्जरियामा रहेको पण्डितपुर जुन कोलिय गणराज्यको राजधानी हुन सक्ने पुरातत्व विभागको प्रारम्भिक उत्खननबाट पुष्टि भएको छ ।

त्यसैगरी, भगवान् गौतम बुद्धको आफन्तको घर भएको स्थान भनेर चिनिने र नुहाउने एउटा पोखरी रहेको नवलपरासीको सुनवल तरगौली पनि पूर्णरुपमा ओझेलमा परेको अवस्था छ ।

विश्वका आठवटा ठाउँमा भगवान् गौतम बुद्धको अस्थिधातु राखिएका मध्ये नवलपरासीको रामग्राम स्तुपमा मात्र सिंगो र सुरक्षित छ तर उचित संरक्षण र प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको छ । महत्वपूर्ण धार्मिकस्थलमध्ये रामग्राम स्तुप पनि एक हो तर यसको विकासका लागि लुम्बिनी विकास कोष एवम् स्थानीयस्तरका निकायबाट पनि कुनै पहल भइरहेको छैन ।

यसैगरी, नवलपरासीको पण्डितपुर जुन प्राचीन महत्व बोकेको कोलिय गणराज्यको सम्भावित राजधानी हुनसक्ने पुरातत्व विभागले पुष्टि गरेपनि ओझेलमै छ । यो स्थानको पनि सरकारी स्तरबाट उचित संरक्षण र प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको हो ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५ सय ६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान्् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो ।

रामग्राम स्तुपको इतिहास

करिब २६ सय वर्षपहिले देखिको इतिहास बोकेका विश्वका सम्पूर्ण स्तुपमध्ये एक सिङ्गो स्तुप जहाँ भगवान् गौतम बुद्धको सिङ्गो अस्थिधातु रहेको स्थल नवलपरासी जिल्लाको परासी सदरमुकामदेखि ३.५ किमी दक्षिण पूर्वमा रहेको रामग्राम स्तुप हो जुन विश्व प्रसिद्ध रहेको छ ।

इतिहास अनुसार भगवान् गौतम बुद्ध ३५ वर्षको उमेरमा सिद्धि प्राप्त गरी गौतम बुद्धको नामले प्रसिद्ध भई ८० वर्षको उमेरमा कुशीनगरमा वैशाख पूर्णिमा मङ्गलबारको रातमा निधन भयो । उहाँको लास जलाइयो । लासबाट अधिकांश अस्थि मोतिका रुपमा परिणत भयो ।

वैशाली, कपिलवस्तु, अल्लकप्प, वेठ्ठदीप, पावा र रामग्राम कोलीय देशका राजाहरुले त्यो अस्थिधातुको माग गरे तर कुशीनगरका मल्ल राजाले कसैलाई पनि दिन तयार भएनन् र त्यही राज्यका आचार्य द्रोणले सबैलाई सम्झाए ।

तपाईंहरु यस कुरालाई लिएर हिंसात्मक बन्नुहुन्छ, झगडा गर्नुहुन्छ भने त्यो ठीक हुन्न । जुन भगवान् गौतम बुद्ध हिंसाका विरोधी हुन्, झगडा हुँदा सम्झाई बुझाई मेलमिलाप गराउने काम गर्थे, आज उनकै अस्थिका लागि यस्तो झगडा गर्नु ठीक छैन, बरु यस्तो गरौँ – तपाईंहरु आठजनाले त्यसलाई आठ भागमा बाँड्नुस् जसले गर्दा आठ दिशामा स्तुपको निर्माण पनि हुन्छ र इतिहासमा पनि अमर रहन्छ । जुन अल्लकप्प, वैशाली, कपिलवस्तु, वेठ्ठदीप, पावा, मगध, कुशिनगर र रामग्रामका राजाले आ–आफ्नो ठाउँमा लगेर राखेको विश्वास गरिएको छ ।

यस रामग्रामका राजा रामले पनि राजधानी रामग्राममा अस्थिलाई राखी त्यसको माथि ठूलो सुन्दर स्तुपको निर्माण गरे जुन आज ‘रामग्राम स्तुप’ को नामले विश्वभरि प्रख्यात भएको छ ।

यति प्रख्यात ऐतिहासिक, पुरातात्विक महत्वको सुन्दर ठाउँ नेपालमा हुँदाहुँदै पनि रामग्राम स्तुपको विकास हुन सकिरहेको छैन । यहाँ बर्सेनि हजारौँ हजारको सङ्ख्यामा स्वदेश तथा विभिन्न देश जस्तै जापान, मलेसिया, कोरिया, थाइल्यान्ड, चीन, भारत, म्यान्मार, सिङ्गापुर, कम्बोडिया, अमेरिका, जर्मनी, फ्रान्स, श्रीलङ्का, नाइजेरिया आदि बौद्ध धर्मसँग सम्बन्धित देशबाट बाह्य पर्यटक भित्रिने गर्दछन् । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution