हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

कुलमान घिसिङका पक्षमा

नेपाललाई लोडसेडिङ मुक्त गराउने अभियानमा सफल हुँदै गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पत्रकार सम्मेलनमा आफुले र आफ्नो टिमले अहिलेको बिवादित “LED (Light emmiting diodes)” बल्ब खरिद प्रक्रियामा भ्रस्ट्राचार नगरेको दाबी गर्दा गर्दै भक्कानिएर रोए । झुन्डिनसम्म तयार भए ।

दल बिशेषसँगको आग्रह र पूर्वाग्रहलाई अलिकति पनि बिर्सिएर उज्यालो चाहने सबैका निम्तो मुटु निचोरिने दृश्य थियो त्यो । कस्तो भने – मानौं त्यहाँ उपस्थित अन्य सबै “चन्दन घसी बसेका राजा हरिशचन्द्रका डीएनए बोकेका साक्षत अवतारहरु” हुन् । अनि तिनका सामु कुलमानले निरीह बनेर आफ्नो सफाइ पेश गर्दै छन् ।
हुन त भावनाले ब्यवस्था चल्दैन अन्तत ब्यवस्था चलाऊने प्रकृयाले नै हो तर पनि यस्ता परिघटनाहरुले हामीलाई आफ्नै अस्तित्व माथि प्रश्न सोध्न वाध्य बनाउँछ ।

राजनैतिक कोपभाजनमा पारेर झन्नै झन्नै गुमनाम बनाइन आँटेका “कुलमान घिसिङ” नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएसँगै उनले चालेको उज्यालो अभियान (लोड्सेडिङ मुक्त) ले हत्तपत्त नदेखिने एउटा मधुरो आशा नेपाली समाजमा जगाएकै हो । कुलमान र उनलाई नियुक्त गर्ने उर्जा मन्त्रीको योग राजनैतिक होस या गैर राजनैतिक कारणले मिल्नुको नतिजा – उज्यालो अभियान सफल हुँदै गयो ।

निश्चय नै यस अघिका थुप्रै नेतृत्वको पनि उल्लेख्य योगदान (आयात,नयाँ योजना, ट्रान्स्मिसन लाइन निर्माण आदी) हुने नै भयो, यद्दपि हामीले इन्भर्टर र सोलारका काला बजारीसँग नेपाल विद्युत प्राधिकरणको पुरानो टिमको गठजोड देख्न पनि पायौं । यस्तो अवस्थामा केही नगरेकै भरमा अर्थात अध्यारो बेचेर नै करोडौ कमाउन पाउने अवसर हुने नेपाल विद्युत प्राधिकरणमा कुलमानको टीमको कठोर इच्छा शक्ति र स्वच्छ छवि बिना उज्यालो नेपाल यति छिट्टै सफल हुन सक्ने थिएन होला ।

कुलमानको टीमको देश उज्यालो पार्ने अभियानका दौरान, केही मिडियामा भने बडो अनौठो खालको ब्याकुलता सुरुवातदेखि नै देखिन्थे । जति-जति उज्यालो अभियान सफल हुँदै थियो, त्यति त्यति ती मिडियाले नाजी प्रोपागान्डा मन्त्री गोयबल्सको शैलीमा आज बेलुकाबाट लोडसेडिङ हुन्छ, भोलि बेलुकाबाट लोड्सेडिङ हुन्छ, हैन पर्सीबाट हुन्छ, ए हैन कुलेखानीको पानी रित्ताए, लौ बर्बाद भयो अब हिउँदमा कत्ति पनि बिजुली हुन्न आदि इत्यादि नकारात्मक समाचार निरन्तर प्रकाशित गरे ।

यी आरोपहरु सत्य हुन पनि सक्थे । तर, कालान्तरमा असत्य सावित भए । अर्थात एक हिसाबको खबरदारी होला, आखिर राज्यको चौथो अंगको दायित्व पनि त यही नै हो नि भन्ने आधार नै नरहने गरी निरन्तर प्रोपोगान्डा गरी रहँदा ती मिडियाले के बिर्सिए भने प्रोपागान्डाका सौदागर गोयबल्स आफैले पनि अन्ततः आत्महत्या गर्नु परेको ।

प्रोपोगान्डाको निरन्तरताका रुपमा पछिल्लो पटक कुलमानको टीममाथि ठूलो आर्थिक चलखेल गरेको ठोस प्रमाण नै भेटे झै गरी आरोप लाग्यो । सामान्य हेराइमा पनि देखिन्छ – कम मूल्यको बिड त पर्‍यो तर १४ वटा कम्पनीका बिड मध्ये त्यही बिड स्वीकृत भयो कि भएन ? बिड स्वीकृत हुने आधार मूल्य मात्रै थियो ? त्यस मुल्यमा के के सुबिधा उपलब्द छन ? हिँड्न कष्ट थिए कि थिएनन् ? केही पनि उल्लेख छैन ।

अलिकति गहिरिएर हेर्दा, मूल्यमा समान्य तलमाथि हुन सक्छ किन भने LED बल्बको प्रबिधी द्रुत गतीमा बिकास हुँदै गरे पनि “मार्केट” भने “म्याचुर” भैसकेको छैन । यस्तोमा मुल्य फरक पर्न पनि सक्छ (जस्तै: जेनेरेसन अनुसार), कमजोरी होला है, अझ निर्वाचनको मुखमा प्रकृया ख्याल गर है, भनेर सुझाब दिनु वा प्रश्न सम्म गर्नु ठिकै होला तर ठोस प्रमाण नै भेटे झै गरी ब्यक्तिगत आक्षेप लगाउनु भनेको उज्यालोका बिरुद्द काला बजारीहरु बिचौलियाको जिहादलाई सहयोग पुर्याउनु हो भनेर बुझ्न करै लाग्छ ।

यसबाहेक सबैले जान्न चाहेको – सिधै नेपालले नै बिड गरेर किन नकिन्ने, बिश्वकै उत्पादन केन्द्र चीनबाट सिधै किन नकिन्ने, नियमित प्रकृया छोडेर फास्ट ट्र्याक प्रकृया किन गर्नु परेको, कमिसनको खेल हो कि होइन, हिउद अघी नै किन चाहिए बल्बहरु आदी इत्यादी लगायतका प्रश्नहरुको प्राबिधिक र प्रशासनिक जवाफ कुलमानले सार्वजनिक रुपले नै दिएका छन । यस बाहेक बिस्तृत लागत, लाभ, हानी, दीर्घकालीन प्रभाव र दिगोपनाको अध्ययन सम्भव भएसम्म गरिएकै होला । नगरेको भए कालान्तरमा उनकै लागि पासो बन्न पनि सक्छ, जसको जानकारी उनलाई पक्कै छ नै होला।

अब प्रश्न उठ्छ ! मुलुककै नम्बर १ ब्यवस्थापकले सार्वजनिक रुपले उभिएर एक रुपैयाँ तलमाथि भ्रष्ट्राचार भएको पुष्टि भए म झुन्डिन तयार छु भनी रहँदा, आरोप पुष्टि नभएको खन्डमा आरोप लगाउनेहरू पनि झुन्डिन तयार हुनुपर्ने कि नपर्ने ? कि मन परेकालाई टपक्क टिपेर रातारात हिरो बनाइदिने मन नपरेकालाई हुँदा नहुँदा आरोप लगाइदिन पाउने तर प्रमाणित गर्नु नपर्ने छुट प्राप्त छ – अत्रहटीका बोकालाई जस्तै ?

नियमित प्रकिया र विधि अनुसार नै गरेको भए बिबाद हुन्थेन नि त भन्ने प्रश्न जायज पनि हो । तर, यसैसँग एउटा उदाहरण राख्न मन लाग्यो ।

एक पटक इन्जिनियरिङ्ग अध्ययन संस्थान, पूर्वान्चल क्याम्पसमा हुने गरेका आर्थिक अनियमिता सम्बन्धी तात्कालीन बिद्रोही माओवादी विद्यार्थी संगठनको अगुवाइमा भएको छानविनमा अचम्मको बिल विवरणहरु फेला परे । डीनसहित ३-४ जनाको टोली काठमाडौंदेखि पूर्वान्चल क्याम्पस धरान भ्रमण आउँदा २-३ दिनको समयमा लगभग १५० लिटर आस पास मिनरल वाटर होटेलमा मात्रै खपत भएको रहेछ। अधिकान्स समय (लगभग बिहान १० देखि बेलुका ५ बजेसम्म ) डीनसहितको टोली क्याम्पसमै ब्यस्त रहेको सबैले देखेकै थिए । होटेलमा पानीको बिलहरु कसरी त्यत्रो भयो भन्ने कुराले सबैलाई आश्चर्यमा पार्‍यो ।

लेखा परीक्षणहरुले त्यस बिलहरुमा कुनै कैफियत देखाएका थिएनन् सबै बिधि अनुसार नै भएका थिए । तर, त्यहाँ कैफियत थियो । पछि डीनको कार्यालयमा उक्त प्रतिवेदन (अझै पनि खोज्दा भेटिएला) माथि भएको छलफलमा विद्यार्थीले डीनलाई प्रश्न गरे – तपाईं दैनिक पानी कति पिउनुहुन्छ सर ? उहाँले हाँस्दै २-३ लिटर पिइएला नि भन्नुभयो । विद्यार्थीले बिल बिवरण नै सबैका सामु देखाएर प्रती प्रश्न गरे – अनि यो १५० लिटर जति पानीको बिल बिवरण चाँहि के हो नि ? त्यसपछि भने डीन सर आत्तिनु भयो, उहाको गोरो मुहार पुरै रातो भयो । पछि प्रष्ट भयो – रक्सीका बिल लेखा परीक्षणले पास नगर्दो रहेछ, अनि रक्सीलाई पानीमा देखाउँदा अस्वाभाभिक पानी पिएको देखिने रहेछ ।

त्यहाँ डीन लगायत कसैलाई पनि कानुनी रुपले समात्न सक्ने आधार नै थिएनन् । किनभने सबै विधि सम्मत नै थिए, लेखा परिक्षणले पास गरेको थियो । यस्ता उदाहरण अझै थुप्रै होलान् ।

अर्थात विधि सम्बत भएका सबै चिज त्रुटीरहित हुन्छन है भन्ने भ्रम नपालौं । सक्कली पैसा छाप्नेलाई नै थाहा हुन्छ, नक्कली पैसा कसरी छाप्ने भन्ने । मुख्य कुरा नियत नै हो ।

एउटा कुसल ब्यवस्थापकीय क्षमता प्रमाणित गर्दै उज्यालो अभियानमा सफलतापूर्वक अघि लम्केका कुलमानले प्रस्ट बुझिने शब्दमा किन यस्तो गर्नुपर्‍यो भनेर ब्याख्या गरी रहँदा, गल्ती भए झुन्डिन तयार छु भनी रहँदा उनको बिगतलाई हेरेर एकपटकका लागि “बेनिफिट अफ डाउट” दिन पनि हामीलाई यत्रो महाभारत ?

आमाको कसम खाएको भरमा कामै नगरी स्वच्छ छवि हुनेहरुको माझ “काम गरेर देखाएको छु र अझै गरेर देखाउँछु, नत्र झुन्डिन्छु” भन्दा भ्रष्ट्राचार गरेको आरोप खेप्नु पर्ने ?

उहिले धरान इन्जिनियरिङ्ग क्याम्पसको होस्टलमा हामीमध्ये धेरैको साझा प्रश्न हुने गर्थ्यो – बुलेट प्रुफ गाडी किन चढेका होलान् ? सायद यस्तै गैरबर्गीय झूठको खेती गर्ने ब्यवसाय हाँक्नेहरूले बर्गीय सत्यको प्रहारबाट जोगिन बुलेट प्रुफ गाडी नचढी सुख्खै नहुने रहेछ । उनले बुझ्नै सकेनन, उनले चढ्ने बुलेट प्रुफ गाडी उज्यालो नेपालमै सुरक्षित हुन्छ ।

यद्दपि यस्तै झुठको खेती गर्ने परिघटनाहरु दोहरिँदै तेहरिँदै जाँदा त्यसले पनि उनलाई जोगाउन मुस्किल पर्छ होला। अहिले हामीमध्ये धेरैले जिन्दगीभरि कामै नगरेका नेताका ठूला–ठूला घर कसरी बने भन्ने बहस सुन्यौं, ताली पनि बजायौं । तर, अब जिन्दगीभरि काम गरेका पत्रकारका पनि घरका तला कसरी थपिदा रहेछन भन्ने पनि जान्यौं।

अर्थात दिनभरि कुलमानलाई आरोप लगाएर बेलुका घर पुगेर खान बस्दा आफ्नै सन्तानले यो भातमा दलालीको पैसा परेको छ कि छैन भनेर सोध्ने दिन आउन सक्छ ।

यो प्रकारणमा गहिरो दलीय राजनीतिको फाइदा बेफाइदा, चुनावमा असार आदि इत्यादि देख्नेलाई एउटै मात्रै सुझाब रह्यो – “आईसक्रिम हम जमाएथे, ललीपाप ले के लौन्डा भाग गया” जस्तो नगरौं । कुलमानलाई असक्षम जस्तो बनाएर जगेडामा बस्न वाध्य नपारेको भए, सरल रुपले काम गर्न दिएको भए, सायद कुलमान तिम्रै राजनैतिक दलको नेतृत्वमा सरकार हुँदा नै सफल हुन्थे र त्यसको सारा क्रेडिट त्यही (तिम्रै) दलले पाउने थियो । तर त्यो तिम्रै कारण सम्भव भएन । तसर्थ राजनैतिक तुष कमसेकम काम गर्ने हरुका बिरुद्द प्रयोग नगरौं। विवाद गर्न, सरकार वा दल विशेषलाई राजनैतिक रुपले खेद्न अनेक मुद्दाहरु छन् ।

भुकम्प पीडितका अवस्था, गाई र सूर्यको मेल अनि हसिया हथौडा र रुखको प्रेमपछिको राजनैतिक बहस, तराइको सिङै मुद्दा, ज्वाँई छोरीका तालमेलका कुरा, बैज्ञानिक समाजवादका कुरा – कति छन् कति । यस सँगसँगै अहिले प्रकृयाका नाममा बडो आदर्श देखाएर हलो अड्काउने मुख्य सचिवलाई हामीले चिन्या छैन र ?

लोकमानको फाइल अदालतले झिकाउँदा भुइँचालोमा हरायो भन्ने यिनै होइनन् र ? पछि कारवाही हुन्छ है भनेपछि – ए भेटे भेटे भनेर फुत्त फाइल निकाल्ने पनि यिनै होइनन् र ? कि अर्कै हुन् ? अनि अहिले जनहितका लागि फाट्टफुट्ट हुने गरेका एकाध काममा बिदेशी ब्यान्कको जागिरमा जानुअघि बुरुक्क उफ्रेर तगारो हाल्ने ? यसबाहेक आज शहरका उत्तर आधुनिक “नयाँ अनि अझै नयाँ” एलिटहरु मौन ब्रत बसेका छन । हुन सक्छ तिनका घरमा बिजुली हिजो पनि २४ घण्टा बलेकै थियो आज पनि बलेकै छ र भोलि पनि बली नै रहनेछ ।

लोकमानको नाममा एउटा अभियान चल्यो, दीक्षितका नाममा अर्को एउटा अभियान चल्यो, सुशीलाको नाममा अर्को अभियान चल्यो, नामी हस्तीहरु २४ / ७ खटिए, सेता टिसर्ट लाए, डबलीमा परेवा उडाए, आफ्ना अन्नदाताको पक्ष र विपक्षमा सतिसाल बनेर उभिए । तर, अहिले यो घडीसम्म उनीहरु मध्य कसैले पनि कुलमान रोएका देखेनन् । प्रतिकृयाविहीन – कस्तो आश्चर्य ।

भारतीयलाई रिझाएर पाएको महा सामन्त लोकमानको अख्तियारी पद हुँदा पनि नहुँदा पनि हाम्रा दैनिकीलाई पटक्कै छोएन । राष्ट्रसंघका महासचिव लुम्बिनी भ्रमणमा आउने योजना तुहाउने मध्यका एक दीक्षित वा पक्राउ परे पनि बारीमा अन्न उब्जिएकै थिए बाँच्न दुताबासको पैसा आवश्यक नपर्ने हुँदा हाम्रा दैनिकीलाई त्यसले पनि पटक्कै छोएन ।

हाम्रा मुद्धा सुनुवाई हुन युगौ कुर्नु पर्ने, स्वार्थ मिल्नेका, हुने खानेका मुद्दा – भरे भने भरे, भोलि भने भोलि हुने अदालतको आगनमा आकाशै झरे पनि हाम्रा दैनिकीमा कतै छोएन । पुरानो ‘डेल्ट्रोन’ रेडियो जस्तो अदालतका मनमौजी फैसलाहरु जोसुकैको पक्ष बिपक्षमा आउन सत्ताको काठेपिर्का मुनिका मान्छेलार्इ कहिल्यै सरोकार भएन ! चाहे राखुन् कि हटाउन आफ्नो दुखोजिलो आफ्नै भागमा छ भन्यो नेपाली जनताले । सरकारमा तलका सामन्त वा माथिका सामन्त नम्बर २ मा परुन् या नम्बर ३ मा परुन् त्यसले पनि कत्ति छोएन । तर, साँझ थाकेर परिवारसँग बसेर अँधेरोमा अनुहार र भातको गास अनुमान गर्नुपर्ने अवस्थाबाट बत्तिको उज्यालोले देखिने अवस्थासम्मका अभियन्ता कुलमानमाथिको भ्रष्टाचारको तथ्यहीन आरोप र एकोहोरो पेलाइले हामीलाई छोयो । उनको आँसुले हामीलाई पोल्यो । तसर्थ हामी कुलमान अर्थात उज्यालोको पक्षमा आयौं । सायद अरु पनि आउँलान् ।

र अन्त्यमा,

भिन्नैखाले लेखनशैलीले चिनिने धरान इन्जिनियरिङ्ग क्याम्पसका प्रदीप नेपालको शब्दमा भन्नुपर्दा – “कुलमानले केही गज्जब त गरेकै हुन्, हामी माझ आशा जगाएकै हुन्, भनौं न अद्भभुद चमत्कार टाइपको, भनौं न बिछट्टै नयाँ टाइपको ।” @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution