हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

गुण्डा नाइके गणेश लामा र डिएसपीको टोली आमने सामने

काठमाडौं, वैशाख २६ – प्रहरीले धमाधम गुण्डा नाइकेहरु पक्राउ गर्न थालेको छ । नजिकिँदै गरेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै प्रहरीले धमाधम गुण्डा नाइके पक्राउ गर्न थालेको हो ।
झण्डै डेढ महिनाअघि महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले एक सय २२ गुण्डाको हिट लिस्ट तयार पारेर कारबाही गर्ने बताएसँगै धमाधम गुण्डा नाइके पक्राउ पर्न थालेका हुन् । गएको आइतबार राति ठमेलबाट गुण्डा नाइके दीपक मनाङे पक्राउ परे । उनी राप्रपाका नेता समेत हुन् । त्यसैगरी अर्का गुण्डा नाइके चक्रे मिलन मंगलबार महाराजगञ्जबाट पक्राउ परेका छन् । चक्रे मिलन एमाले समर्थक गुण्डा हुन् । उनलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुसँगै प्रहरीले एक दर्जन भन्दा बढी गुण्डा नाइकेहरु पक्राउ गरिसकेको जनाएको छ । तर गुण्डाको सूचिको ‘ए’ वर्गिकरणमा परेका गणेश लामा भने अझै पक्राउ पर्न सकेका छैनन् । उनी चुनावी प्रचार प्रसार मै व्यस्त छन् । विजय गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामालाई प्रहरीले खोजी गरिरहेको जनाएपनि उनी १५ मिनेट प्रहरीको आमने सामने हुँदा समेत उम्कन सफल भएका छन् ।
डन लामा उम्कन सफल भएको घटना यस्तो छ
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले एक सय २२ गुण्डाको सूचि तयार पारेको छ । जसमा गुण्डाहरुले पार्न सक्ने प्रभावलाई आधार मान्दै प्रहरीले ‘ए’, ‘बी’ ‘सी’ भन्दै वर्गिकरण गरेको छ । गुण्डा नाइके लामा प्रहरीको गुण्डा लिस्टको ‘ए’ श्रेणीको पाँचौं नम्बरमा पर्छन् । ‘ए’ श्रेणीमा १२ जना गुण्डाहरुको नाम छ ।
यी सबै गुण्डाहरुको खोजी गर्दै पक्राउ गर्ने रणनीति प्रहरीले लिएको महानगरीय प्रहरी परिसरका एसएसपी छविलाल जोशीले बताउनुभयो । जस अन्तर्गत केही गुण्डाहरु पक्राउ परिसेकेका छन् । तर गुण्डा नाइके गणेश लामा प्रहरीको पञ्जाबाट उम्कन सफल भएका छन् । घटना १२ दिन अघि अर्थात वैशाख १५ गतेको हो । स्थानीय तहको चुनावी सुरक्षालाई मध्यनजर गर्दै ललितपुर प्रहरीले गस्ती, पेट्रोलिङ बढाएको थियो ।
​ललितपुरका एसएसपी ठुले राईसँगै ललितपुरका अन्य सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृतहरु र जिल्ला न्यायधीश लगायतको टोली ललितपुरको विकट गाउँका सुरक्षा अवस्था बुझ्न वैशाख ६ गते ललितपुरका विभिन्न ग्रामीण क्षेत्र गएको थिए ।
यसको ९ दिनपछि अर्थात वैशाख १५ गते डिएसपी तिलक भारतीको कमाण्डमा आठ सदस्यीय टोली ललितपुरको ग्रामीण भेगको सुरक्षा अवस्था बुझ्न बिहान ६ बजे निस्कियो । टीका भैरवबाट गोटीखेल, ठूलोदुर्लुङ, गुम्दी, आस्राङ हुँदै डिएसपीको टोली भेट्टे डाँडा आइपुगेको थियो ।
डिएसपीको टोली भट्टे डाँडा आइपुग्दा बेलुकाको ६ बजिसकेको थियो । एक घण्टा भट्टे डाँडा प्रहरी चौकीमा अन्तक्र्रिया गरेपछि डिएसपीको टोली काठमाडौं फर्कन अगाडि बढ्यो । डिएसपीको गाडी चौकीबाट झण्डै १० मिनेटको बाटो अगाडि बढेपछि रोकियो । जंगलको बिचमा डोजरले बाटो बनाइरहेको थियो । माथि ठूलो पहरो, तल तारे भिरको बिच जंगलमा डोजरले बाटो बिस्तार गरेका कारण डिएसपीको गाडीको रोकियो । डिएसपी भारती गाडीमै बस्नुभयो ।
प्रहरी निरीक्षक र अन्य दुई प्रहरी डोजरले बाटो बनाउँदै गरेको ठाउँ पार गरेर पारी गए । पारी केही मोटरसाइकल र गाडी थिए । गाडीमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीको झण्डा फहराएको थियो । उनीहरु पनि डोजरले कहिले बाटो बनाउला र पार गरौंला भनेर प्रतिक्षामा बसेका थिए । तिनीहरु मध्ये एक अग्ला, हट्टा कट्टा, खाइलाग्दो ज्यान परेका र जुगा पालेका मानिस पनि देखिए । यी तिनै व्यक्ति थिए, जसलाई महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाले पक्राउ गर्ने भन्दै गुण्डा लिस्टको पाँचौं नम्बरमा राखेको थियो ।
झिसमिसे साँझ परिसकेको थियो । सडकको माथि ठूलो पहरो र तल तारे भिरको बिचमा झण्डै १० जनाको संख्यामा गुण्डा नाइके गणेश लामा देखा परेका थिए । यतिबेलासम्म डिएसपी भारती पारी थिए भने गुण्डा नाइके लामा वारी । झण्डै १५ मिनेट यो क्रम रह्यो । जब बाटो खुलेसँगै डिएसपीको गाडी अगाडि बढ्न खोज्यो तब गुण्डा नाइके लामाले आफ्नो रुप परिवर्तन गर्न थाले ।
केहीबरे अघिसम्म नाङ्गो आँखाले हरेका उनले कालो चस्मा लगाए । एउटा टिर्सटमा उभिएका लामाले ज्याकेट लगाए, कान र निधार छोप्ने गरी टोपी लगाए, गाडीको अन्तिम सिटमा गएर बसेको प्रहरीको एक उच्च स्रोतले उज्यालो अनलाइनलाई बतायो । रुप परिवर्तन गरेर उम्कन खोजेपनि डिएसपी भारतीले गुण्डा नाइके लामालाई चिने । ‘यो त गुण्डा नाइके गणेश लामा होइन ?’ उनले आफ्नो टिमका प्रहरीलाई सोधे । उनीहरुले गणेश लामा नै भएको बताए ।
डिएसपी भारतीको टोलीले १० मिनेट परको भट्टे डाँडा प्रहरी चौकीलाई खबर ग¥यो ‘गुण्डा नाइके गणेश लामाको गाडी आउँदै छ, त्यसलाई रोकेर राख्नु ।’ डिएसपी भारतीको टोलीले गुण्डा नाइके गणेश लामा चुनावी सुरक्षामा खतरा हुने भन्दै पक्राउ गर्ने निर्णय ग¥यो ।
डिएसपी भारतीले त्यही अनुसार आफ्नो टोलीलाई अर्लट गराउँदै लामालाई पक्राउ गर्ने तयारी गरेका थिए । तर गणेश लामाको गाडी भट्टे डाँडा प्रहरी चौकी पुग्दा लामा भने गाडीबाट झरेर भागिसकेका थिए । डिएसपीको गाडीबाट क्रस हुने बित्तिकै गुण्डा नाइके लामा गाडीबाट झरेर उम्कन सफल भएका थिए ।
यसरी डिएसपीको टोलीसँग आमने सामने हुँदा पनि उम्कन सफल भएका गुण्डा नाइके लामा अझै पक्राउ पर्न सकेका छैनन् । गुण्डा नाइके लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीको चुनावी प्रचार प्रसार गर्न भट्टे डाँडाको बाटो हुँदै काभ्रे जान हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी अहिले पनि चुनावी मैदानमै भएको जानकारहरु बताउँछन् ।
को हुन् गणेश लामा ?
पछिल्लो समय गुण्डागर्दीको आडमा ठेक्कापट्टा कब्जा गर्ने काममा गणेश लामा प्रहरीको गुण्डाको हिट लिस्टमा छन् । काभ्रेका स्थायी घर भएका लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । लामाको गुण्डागर्दीको प्रारम्भ दीपक मनाङेको सहयोगीका रुपमा सुरु भएको हो । मनाङेको समूहमा रहेर विभिन्न आपराधिक क्रियाकलापमा लागेका लामाले पछि आफ्नो छुट्टै समूह बनाए । उनले ठमेल र दरबारमार्गमा डान्सबारदेखि सिन्धुपाल्चोकको तातोपानी नाकासम्म सञ्जाल बिस्तार गरे ।
गैरकानूनी रुपमा २७ करोड एक लाख रुपैयाँ बराबरको अकुत सम्पत्ति जम्मा गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्धासमेत हालेको थियो । तर, लामा केही समय जेल बसेपछि दोसो संविधानसभामा उम्मेद्वारी दिएपछि विशेष अदालतमा ३ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।
गुण्डागर्दीबाट आर्जन गरेको पैसाले लामाले ललितपुरको ग्वार्को, जडिबुटी र ललितपुरमा गरी झण्डै ३० आना जग्गा किनेको जानकारहरु बताउँछन् | @ उज्जयालोअनलाइन |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution