तामाङ घेदुङ इजरायलको तेश्रो अधिवेशन आउँदो शुक्रबार

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायलको तेस्रो ऐतिहासिक अधिबेशन आउँदो १२ मे २०१७ (शुक्रवार) साँझ तेलअविव स्थित बसपार्क पछाडी रहेको सानो पार्कमा ६.३० बजे देखि शुरु हुने भएको छ |
इजरायलबासी सम्पुर्ण तामाङ ज्योज्यो, आले,नाना,आङाहरुलाई उपस्थित भइ अधिबेशनलाई भब्यताका साथ सफ़ल पारीदिनु हुन नेपाल तामाङ घेदुङ परिवार हार्दिक अनुरोध गरेको छ | संस्थाको नयाँ सदस्यता लिनु बाँकी रहेकाहरुले सदस्यता लिन र पुरानो सदस्यताहरुलाई अनिवार्य रुपमा नविकरण गर्ने समय अधिवेशनको दिन बेलुका ६ बजे भित्र गरि सक्नु पर्ने संस्थाले जनाएको छ |
तेस्रो अधिवेशनमा सम्पूर्ण तामाङहरुले आफ्नु अधिकार सहित सहभागिता हुना घेदुङले सबैलाई अपिल रहेकोछ | सदस्यताबारे थप जानकारी लिनु परेमा संस्थाका पदाधिकारीहरु समक्ष सम्पर्क राख्न समेत अनुरोध गरेको छ |