हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मुख्यसचिव र मन्त्रीबीच बाझाबाझ, हात हालाहालको अवस्था आएपछि प्रधानमन्त्रीले गरे हस्तक्षेप

२५ बैशाख, काठमाडौं । एक सहसचिवलाई लिएर मन्त्रिपरिषद बैठकमा मन्त्री र मुख्यसचिवबीच बाझाबाझ भएको छ । झण्डै हात हालाहालको अवस्था आएपछि बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले सहसचिव रामआधार साहलाई प्रशासन समूहमा ल्याउन प्रस्ताव गरेका थिए । उनी प्राविधिक समूहका हुन् । उनलाई प्रशासन समूहमा पटक-पटक प्रस्ताव आएपछि मुख्य सचिव सोमलाल सुवेदीले रोक्दै आएका थिए ।
सोमबारको बैठकमा पनि उनले यो प्रस्तावको विरोध गरे । प्राविधिक समूहमा नै जनशक्ति अभाव रहेको भन्दै उनले साहलाई प्रशासन समूहमा ल्याउन नहुने बताए ।

मुख्यसचिव सुवेदीले यसो भनिरहँदा वातावरणमन्त्री सिंहले ‘तपाई चुप लाग्नुस्’ भनेका थिए ।

लगतै सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी जंगिए । अंग्रेजीमा बोलेका उनले मुख्यसचिव सुवेदीमाथि व्यक्तिगत रुपमा साहलाई रोकेको आरोप लगाए । पछिल्लो ६/७ महिनादेखि नै साहलाई मुख्यसचिवले रोकेको उनको आरोप थियो ।

तर, मुख्यसचिवले मन्त्रीको आरोपको खण्डन गरे । आफूले सिस्टम जोगाउन खोजेको उनको तर्क थियो ।

एक मन्त्रीले भने, ‘त्यसपछि सबै बोल्न थाले र बाझाबाझको अवस्था सिर्जना भयो । झण्डै हात हालाहालकै अवस्था आएपछि प्रधानमन्त्रीले हस्तक्षेप गर्नुभयो ।’

प्रधानमन्त्री प्रचण्डले मध्यमार्गी बाटोका रुपमा परामर्शका लागि लोकसेवा आयोगमा पठाउने बताए । यसका लागि प्रस्ताव चाहिने मुख्य सचिव सुवेदीले बताए ।

तर, उनको बोली भूईँमा खस्न नपाउँदै सामान्य प्रशासनमन्त्री बुढाथोकीले हातमै बोकेर ल्याएको छु भन्दै दिएका छन् ।

स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयको उक्त प्रस्तावमा मन्त्रालयका सचिवले समेत हस्ताक्षर गर्न मानेका छैनन् । जसका कारण मन्त्री आफैंले हस्ताक्षर गरेका छन् ।

अब सहसचिव साहको समूह परिवर्तन गर्ने कि नगर्ने भन्नेमा लोकसेवा आयोगको परामर्श लिइने एक मन्त्रीले अनलाइनखबरलाई बताए ।

साह अहिले प्राविधिक सेवा समूह अन्तर्गत छन् । यही सेवा समूहबाट सचिवमा पदोन्नती भए विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य लगायतका मन्त्रालयमा मात्र काम गर्न पाउँछन् । तर, प्रशासन सेवा समूहमा आउँदा बरिष्ठताका आधारमा चाँडै सचिव बन्ने भएपछि उनले लबिङ थालेका थिए ।

को हुन् सहसचिव साह ?

साह तीनै सहसचिव हुन्, जो विज्ञान तथा प्रविधि मन्त्रालयको सहसचिव रहँदा नै पक्राउ परेका थिए । गत वर्ष प्रहरीले भारतीय नाकाबन्दी रहेका बेला पेट्रोल पम्पमा रिमोट चलाएर ठगी गर्नेहरु पक्राउ गरेको थियो। त्यही क्रममा साह पनि पक्राउ परे ।

साह गुणस्तर तथा नापतौल विभागको प्रमुख पम्पहरूमा डिजिटल प्राविधि सुरु भएको थियो । तर, उनकै मिलेमतोमा पम्पहरुमा रिमोट जडान गरिएको पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध कालोबजारी तथा ठगीको मुद्दा लगाइएको थियो । तर, जिल्ला अदालतबाट सफाइ पाएपछि उनी पुनः जागिरमा फर्किएका छन् । @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution