हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

पुराना दल र नेता सुध्रने आशा पाल्नु मुर्खता-बाबुराम भट्टराई

नेपाली राजनीतिमा विकसित केही घटनाक्रमहरुले लोकतन्त्र गम्भीर संकटमा छ भन्ने स्पष्ट पार्छ। लोकतन्त्रका पहरेदार हुनुपर्ने राजनीतिक दलहरु नै यस्तो संकट निम्त्याउने एजेन्ट बन्नु चिन्ताको विषय हो। जनतासँग सोझो सरोकार भएका सबै संस्थाहरुको चरम दलीयकरण र नेतृत्व पंक्तिको नैतिक पतनले यो संकट निम्त्याएको हो।

नेपाल प्रहरी प्रमुखको नियुक्तिमा देखिएको विवाद र त्यो विवाद बढ्दै गएर प्रधानन्यायाधीश विरुद्ध दर्ता भएको महाअभियोगसम्म पुग्नु बिडम्बना हो। साथै, यो आँफैमा नेपालका प्रमुख राजनीतिक दल र दलका नेतृत्वको अक्षमताको परिणाम हो। संविधानको स्वीकार्यताको दायरा फराकिलो बनाउँदै कार्यान्वयन गर्नुपर्ने गम्भीर उत्तरदायित्वलाई भुलेर राज्यका अंगमा नचाहिँदो हस्तक्षेप गर्न थाल्नु आफ्ना प्राथमिक दायित्वलाई लत्याउने प्रयास हो। साथै, संविधान कार्यान्वयनमा जटीलता थपेका मधेस लगायतका मुद्दालाई जबर्जस्ती पन्छाउन खोज्ने दुष्प्रयत्न पनि हो। यसले जनतामा निराशा बढाउने काम गरेको छ।

नेपाली राजनीतिमा पञ्चायतदेखि नै संस्थागत भएको भ्रष्ट आचरण र विधिप्रतिको चरम उदासिनता गणतन्त्रले सुल्झाउनेछ भन्ने ठूलो आशा सञ्चार भएको थियो जनतामा। तर, गणतन्त्र प्राप्तिपछिको समयमा त्यसको ठीक विपरित त्याज्य संस्कारलाई अझ घनिभूत बनाइयो। उही पुरानो सत्ताको छिनाझपटीमा मात्रै राजनीतिको वृहद आयामलाई खुम्च्याइयो। संविधान निर्माणदेखि अन्य सबै संवेदनशील काममा देखाइएको लापरवाहीपनले आशावान हुन खोजेका जनतालाई जबर्जस्ती निराशाको गर्तमा धकेलेको छ।

त्यसैले अब खाँचो इमान्दार र दूरदर्शी राजनीतिक नेतृत्वको विकासको हो। त्यसका लागि नयाँ राजनीतिक संस्कार हुर्किने प्रशस्त ठाउँ भएको राजनीतिक दलको निर्माण जरुरी छ। यही प्रयत्नलाई मूर्त रुप दिन नयाँ शक्ति पार्टी, नेपालको उदय भएको हो। वर्तमान राजनीतिक नेतृत्व र प्रमुख भनिएका राजनीतिक दललाई एकोहोरो आलोचना गरेर मात्र अघि बढ्न नसकिने स्पष्ट छ। आलोचना र भण्डाफोर जस्ता कामले ती दल र तिनका नेतृत्वमा कुनै नयाँ चेतना विकास गर्न नसकिने स्पष्ट भइसकेको छ। उनीहरुमा बदलाव आउला भनेर पर्खनु मुर्खता हुने भएकैले नयाँ शक्तिको परिकल्पना अघि सारिएको हो।

अहिले सतहमा देखिएका बिडम्बनापूर्ण घटनाक्रमहरु दोहोरिनु भनेको हिजोको लामो संघर्षबाट प्राप्त भएका उपलब्धी बिस्तारै गुम्दै जानु हो। प्राप्त उपलब्धीको रक्षा गर्दै अहिले बाक्लिएको निराशाको घना बादल चिर्नका लागि एउटा जनस्तरबाट संगठित, सुविचारित र गम्भीर राजनीतिक सुझबुझका साथ गरिने सकारात्मक हस्तक्षेप जरुरी छ। त्यसै प्रयत्नमा अघि बढेको नयाँ शक्ति पार्टीलाई जनताको दीगो साथ रहनेछ भन्नेमा हामी विश्वस्त छौं। -बाबुराम भट्टराईको फेसबुक बाट साभार |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution