हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अोमानमा राजनितिक सचेतना अभिबृद्धि प्रशिक्षण सम्पन्न

-तेजबहादुर तामाङ ( प्रेम)

प्रवासी नेपाली मञ्च अोमान महिला विभागको अायोजनामा अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा नेपाली मजदुर महिलाहरूमा राजनैतिक सचेतना अभिवृध्दी विषयक एक दिने प्रशिक्षण कार्यक्रम हाईएस्ट माउण्टेन रेष्टुरेण्ट मदिना कावुसमा  ५ मे २०१७मा सम्पन्न भएको छ ।

नेपालमा जनसंख्याको अाधारमा ५१ प्रतिशत महिलाहरू रहे तापनि राज्य हरेक तह तप्काहरूमा ३३ प्रतिशत अारक्षित कोटामा पुग्न मात्र पनि अझै कठिनै रहेको अबस्थालाई मध्य नजर गर्दै अर्थात घर चलाउन सक्ने महिलाले देश पनि चलाउन सक्छ भन्ने सन्देश दिनको निम्ति प्रवास अोमानमा सामाजिक क्षेत्रमा लागेका महिलाहरूलाई प्रशिक्षित बनाउदै अा- अाफ्नो ठाउँबाट अन्य महिलाहरूलाई पनि जाग्रित गराउने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको थियो ।

महिला विभाग प्रमुख पुष्पाञ्जली सुब्बाको सभाध्यक्षतामा र प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीका सचिब एव महिला विभाग सदस्य क. हेमा श्रेष्ठको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा राष्ट्रिय कमिटीका उपाध्यक्ष एवं कावा अध्यक्ष क. लिला नाथ कोईराला रहनु भएको थियो भने अतिथिहरूमा विवेकशिल नेपाली दल अोमानका प्रतिनिधी राजेश महर्जन, नेपाली महिला समुहका अध्यक्ष उमा ढुझ्गाना, तामाङ समाज अोमानका प्रतिनिधी अनिता तमाङ, नेपाल मगर संघ अोमानका प्रतिनिधी शान्ती अाले, दलित एकता सञ्जालका प्रतिनिधी विमला सुनार, नेपाली क्रिष्टिएन फिलोसोफी अोमानका प्रमखु संगम सिंह र प्रवासी नेपाली मञ्च अोमान राष्ट्रिय कमिटीका पदाधीकारी र सदस्य कमरेडहरू रहेका थिए  ।

प्रमुख अतिथिको रूपमा रहनुभएका उपाध्यक्ष एवं का.वा अध्यक्ष क. लिलानाथ कोईराबाट दीप प्रज्वलन गर्दै उद्घाटन भएको उक्त कार्याक्रममा मञ्चका सहकोषाध्यक्ष एवं महिला विभाग सदस्य क. अनु पौडेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै विभिन्न संघ संस्थाबाट उपस्थित हुनु भएका अतिथि, प्रतिनिधी र सहभागीहरूलाई स्वागत मन्तव्य दिनु भएको थियो  भने अामन्त्रित सबै संघसंस्था प्रतिनिधीहरूले मजदुर दिवसको शुभकामना दिँदै कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएका थियो । सहाभागीहरूलाई प्रशिक्षण दिने क्रममा प्रवासी नेपाली मञ्च अोमान राष्ट्रिय कमिटीका महासचिव क. सोम कृष्ण श्रेष्ठ बाट महिला हिंसा र नेपाली समाजमा महिला पछि पर्नुका कारणहरू लगाएत विविध विषय समेटेर प्रशिक्षण दिनु भएको थियो । यसै गरी उपाध्यक्ष कमरेड तेजबहादुर तमाङ्गबाट हाल सम्म सर्वोच स्थानमा पुग्न सफल महिलाहरूको बारेमा चर्चा परिचर्चा गर्दै प्रशिक्षण दिनु भएको थियो भने प्रथम उपाध्यक्ष क. लिलानाथ कोईरालाबाट नेपालको सम्विधान २०७२ले महिलाहरूको हक अधिकार के कस्तो सुनिश्चितता भएको छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए  ।

उक्त कार्यक्रममा मञ्चका अर्का उपाध्यक्ष क. रामहरी गिरीले महिलाहरू अब हरेक हिसाबमा अगाडी जाँदै गरेको र अझ सशक्त रूपमा अगाडी बढ्नु पर्नेछ भन्ने जस्ता विविध विषयमा अाफ्नो धारणा राख्नु भएको थियो । महिला विभागको यो कार्यक्रममा अार्थिक सहायता दिखि विविध व्यवस्थापन प्रवासी नेपाली मञ्च अोमान राष्ट्रिय कमिटीले गरेको थियो भने नेपाली समाज अोमानबाट पिउने पानीको  स्पोन्सर गरेका थिए  ।  क. अनु पौडेलबाट चिसो स्पोनसर भएको थियो भने क. बलराम गैरे बाट बेकरी अाईटम स्पोन्सर भएको थियो । त्यसै गरी कमरेड रामहरी गिरीबाट पनि कार्यक्रमको निम्ति चाहिने ब्यानर सहयोग गर्नु भएको छ । यसरी हरेक हिसाबमा अा अाफ्नो ठाउँबाट विविध सहयोग पुर्याउनु हुने सबैलाई र कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल रूपमा सम्पन्न बनाउनु हुने सबै अतिथि सहभागी र सहजकर्ताको रूपमा रहेर प्रशिक्षण दिनु हुने सबैलाई धन्यवाद दिँदै सभाध्यक्ष क. पुष्पाञ्जली सुव्वाबाट कार्यक्रम समापन  गरेका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution