इजरायलमा केयर गिभरमा जान भाषा परीक्षाका लागि एक सय जना छनाेट (सूची सहित)

काठमाडौं, वैशाख २१ – केयर गिभरमा इजरायल जान भाषा परीक्षाका लागि एक सय जना कामदार छनाेटमा परेका छन् । वैदेशिक रोजगार विभागले प्रक्रिया पुगेका आवेदन इजरायलको कामदार छनौट गर्ने जनसंख्या तथा अध्यागमन निकाय (पिआइविए) ले एक सय जना छनाेट गरेको हो ।
छनौटमा परेका व्यक्ति अव अंग्रेजि भाषाको परीक्षामा सहभागी हुन पाउने छन् । वैदेशिक रोजगार विभागका अनुसार भाषा परीक्षा वैशाख २४ गते हुनेछ ।
मनमोहन मेमोरियल कलेज सोह्र खुट्टे काठमाडौंमा दिउँसो १ बजे देखि परीक्षा सञ्चालन हुने परीक्षामा एक घण्टा पहिले पुग्नु पर्नेछ । परीक्षामा सहभागी हुन सक्कल राहदानी र नागरिकता लिएर जानुपर्नेछ ।
दोश्रो चरणमा इजरायलले १२ जना पुरुष र ४८ जना महिला केयर गिभर लैजाने तयारी गरेको छ । भाषा परीक्षामा पास हुनेले अभिमूखिकरण तालिम लिएर केयर गिभरमा जान पाउने छन् ।
यी हुन् छनोटमा पर्ने एक सय जना @ उज्जयालो अनलाइन |