हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

विज्ञापन छापेरै ठगीधन्दा – ठगहरूका कार्यालय कहाँ कहाँ ?

‘नो इन्टरभ्यू । शतप्रतिशत जागीरको ग्यारेण्टी । तलब न्यूनतम रु.१६ हजारदेखि अधिकतम रु.३७ हजारसम्म ।’ १० माघ २०७२ मा एक राष्ट्रिय दैनिकमा छापिएको विज्ञापनले खड्कबहादुर तामाङको मन तान्यो ।
दुइ वर्ष कतार बसेर फर्केका काभ्रे चापाखोरी गाविस, कालधरका तामाङ सानोतिनो जागीर मिले स्वदेशमै इलम गर्ने सोचमा थिए । पत्रिकामा दिएको सर्म्पर्क नम्बरमा फोन गरे । उनलाई कार्यालयमै बोलाइयो । खोज्दै कलंकी पुगेपछि भेटियो- ‘इन्टरनेशनल आइटी’ अफिस ।
त्यहाँ तामाङजस्तै जागीर खोज्दै आएका अरू ५० जना जति थिए । उनीहरू पनि पत्रिकाको विज्ञापन हेरेरै त्यहाँ पुगेका थिए । कार्यालय सञ्चालक रामवीर रायले जागीरको बारेमा बताए । घरमै बसीबसी पैसा कमाउने उपाय सिकाउँदै उनले भने, “न्यूनतम रु.२० हजार हो, राम्रो काम गर्नेले रु.१ लाखसम्म पनि कमाइ गरेकै छन् ।”
रामवीरको कुराले तामाङलाई झनै हौस्यायो । काम थियो, ‘गुगल एडसेन्स’ अकाउण्ट र ब्लग बनाएर त्यसमा नयाँ नयाँ कुरा पोष्ट गर्दै ‘भिजिटर’ संख्या बढाउने । रायले तामाङलाई उत्साहित पार्दै भने “जति धेरै भिजिटरले ब्लगमा राखेको विज्ञापन ‘क्लिक’ गरेर हेर्छन त्यति नै धेरै पैसा ।”

तामाङले तुरुन्तै ‘अकाउण्ट’ खोल्न र शुरूको एकसाता काम सिक्न तालीमबापत भन्दै रु.१६ हजार बुझाए । रायले भने अनुसारको काम थाल्न रु.५० हजारमा ल्यापटप किने, इन्टरनेट पनि जोडे, अनि काम गर्न थाले । तर, दुइ महीना बित्यो रायले पैसा दिने सुरसार गरेनन् ।
आफूलाई अप्ठेरो नै परेपछि तामाङले मुख खोले । त्यसपछि राय अनेक वहाना गर्दै उम्कन थाले । तामाङ भन्छन्, “दुइ महीना काम गरेपछि मात्र ठगिएको पत्तो पाएँ ।” दुःखको वृत्तान्त सुनाउँदै उनले थपे, “तलब आउला भन्ने बेलामा रु.१६ हजार तिरेर लिएको अकाउण्ट पनि बन्द भयो । त्यसपछि त काम न दाम । पूरै ठगी धन्दा रहेछ ।”
उदयपुर गाईघाटका १९ वर्षिय सुवास कार्कीले पनि पत्रिकामा विज्ञापन देखे, ‘घरमै बसीबसी मासिक रु.२० हजार कमाइ ।’ उनी पनि कलंकीको उही ‘इन्टरनेशनल आइटी’ पुगे । जहाँ उनी जस्तै ३० भन्दा बढी युवा थिए । रामवीर रायले सुवासलाई पनि ‘बसीबसी पैसा कमाउने उपाय’ सिकाए ।
छोराले अकस्मात् जागीर पाएपछि गाईघाटमा रहेका बुवा-आमाले ऋण काढेर रु.५० हजार पठाइदिए । “घरमै बसीबसी काम गरेर पैसा कमाउन सकिन्छ भनेपछि विश्वास लाग्यो” कार्की भन्छन्, “तर, तीन महीनासम्म एक पैसा पनि नपाएपछि मात्रै मैले आफू ठगको फन्दामा परेको थाहा पाएँ ।” तामाङको जस्तै उनको पनि ‘अकाउण्ट’ बन्द भयो । कर्मचारीले तलब मागेपछि राय कार्यालय नै आउन छाडे ।
रायको कार्यालयमा पैसा बुझाएर ‘सजिलै’ जागीर खान थालेकाहरू दुर्इ तीन महीना केही नभनी काम गर्थे । त्यसपछि पनि तलब हात पार्ने सुरसार नभएपछि उनीहरूको मनमा चिसो पस्न थाल्थ्यो । र, ‘कतै आफू ठगिएको त हैन’ भनी शंका गर्न थाल्थे ।
यस्तैमध्ये एक हुन् बुटवल सुख्खानगरका मोहन राना । राना अध्ययनका लागि पोल्याण्ड जाने तयारीका क्रममा बुटवलबाट काठमाडौं आएका थिए । दैनिक खर्च धान्न गाह्रो भइरहेका बेला उनका आँखा पत्रिकाको वर्गीकृत विज्ञापनमा परे । उनी पनि हान्निंदै रामवीर रायको कार्यालयमा पुगे ।
“महीनामा लाख रुपैयाँसम्म कमाइ हुने भनेर शुरूमै ल्यापटप र इन्टरनेटमा रु.१ लाख ४० हजार सिध्याएँ” उनी भन्छन्, “पछि त केको कमाइ हुनु, तीन महीनामै नराम्ररी ठगिएको थाहा भयो ।”
ठगिएकामध्ये १९ जनाले १६ साउन २०७३ मा महानगरीय प्रहरी परिसर, काठमाडौंमा ‘झूटो विज्ञापन दिएर ठगी गरेको’ भन्दै उजुरी दर्ता गरेपछि ६ भदौ २०७३ मा प्रहरीले रामवीरलाई पक्राउ गर्‍यो ।
पीडितले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ, “प्रति महीना रु.२० हजार कमाउने प्रलोभन देखाई रु.१६ हजार लिएर ‘जागीर लगाइदिएको’ मा काम गरेको तलब समेत नदिई बेपत्ता भएकोले कानून अनुसार कार्बाही गरी ठगीको रकमको हर्जना समेत फिर्ता दिलाइपाउँ ।”
रायले १९ जनाबाट रु.२१ लाख २५ हजार ठगी गरेको भन्दै प्रहरीले काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गर्‍यो । जिल्ला अदालतका न्यायाधीश रमेशकुमार खत्रीको इजलासले २७ भदौ २०७३ मा रायलाई रु.५ लाख धरौटीमा रिहा गर्‍यो । यो मुद्दा अहिले जिल्ला अदालतमा विचाराधीन छ ।
विज्ञापनले बिथोल्यो
उदयपुर गाईघाटका दीपक दाहालको सपना थियो, जापान जाने । राजधानीको डिल्लीबजारस्थित एक कलेजमा व्यवस्थापन संकायमा स्नातक तह पहिलो वर्षा अध्ययनरत १९ वर्षीय दाहालले यसका लागि जापानमै रहेका मामासँग पनि एकसरो कुरा गरिसकेका थिए ।

ललितपुरको बालकुमारीमा ‘भी इन्फोटेक’ नामको ठगी कार्यालय चलाएका भारतीय नागरिक विकास द्विवेदी र उनले गरेको सम्झौता पत्र ।
भदौ २०७३ मा उनले पनि एक दैनिक पत्रिकामा विज्ञापन देखे । सर्म्पर्क नम्बरका आधारमा उनी ललितपुरको बालकुमारीमा रहेको ‘भी इन्फोटेक’ कार्यालयमा पुगे । जसका सञ्चालक थिए, भारतीय नागरिक विकास द्विवेदी र उनकी श्रीमती र्सलाहीकी अस्मिता घिमिरे ।

ललितपुरको बालकुमारीमा ‘भी इन्फोटेक’ नामको ठगी कार्यालय चलाएका भारतीय नागरिक विकास द्विवेदी र उनले गरेको सम्झौता पत्र ।

विकासले रु.५ लाख ६० हजार जम्मा गरेर ‘भी इन्फोटेक’ को शाखा कार्यालय खोलेमा त्यसबाट मासिक रु.६ लाख कमाइ हुने जसबाट कम्तीमा रु.२ लाख बच्ने योजना दाहाललाई सुनाए ।
विश्वास दिलाउन ‘आफूले मासिक रु.६ लाखको ब्यांक ग्यारेण्टी दिने’ वचन समेत विकासले दिए । ब्यांक ग्यारेण्टीको कुराले दाहाल विश्वस्त भए । त्यसपछि दाहालले जापान जाने सोच बदले ।
“नोबेल टाइपको काम -उपन्यास टाइप गर्ने हो, म्याक मिलियन प्रकाशनबाट काम लिएको छु, महीनामा ४ हजार पेज टाइप गरे रु.६ लाख पाइन्छ, भनेपछि थप विश्वास लाग्यो”, दाहालले भने ।

 
३३ जना कर्मचारी राख्नुपर्ने र एकजनाले कम्तीमा पनि एक दिनमा ४ पेज टाइप गरे महीनामा सजिलै ४ हजार पेज टाइप गर्न सकिने योजना विकासले सुझाए । हिसाब गर्दा पनि महीनामा रु.६ लाख प्राप्त गर्न ४ हजार पेज टाइप गरे पुग्थ्यो । त्यो असम्भव काम पनि थिएन ।

ठगीको धन्दाबाट पीडित शान्ता घिमिरे ।

जापान जाँदा लाग्ने खर्चले काठमाडौंमै बसेर महीनामा रु.२ लाख कमाउन सकिने योजनाबाट दाहाल मात्र होइन परिवारसमेत लोभियो । उनले जग्गा बेचेरै भए पनि रु.१५ लाख पठाउन लगाए । शाखा खोल्न अनुमतिबापत विकासलाई रु.५ लाख ६० हजार दिए ।
१ कात्तिक २०७३ मा शंखमूलमा ‘भी इन्फोटेक’ को कार्यालय खुल्यो, जसको महीनाको भाडा मात्र रु.३३ हजार थियो । त्यसपछि दीपकले १८ वटा कम्प्युटर र एक लाखको फर्निचर किने । ३३ जना कर्मचारी भर्ना गरे । शाखा अनुमति, अफिस सजावट, कर्मचारीको तलब, खाजा खर्च आदिले गर्दा तीन महीनामै रु.१५ लाख सकियो ।
पूर्व सहमति अनुसार विकासले रु.६ लाखको ब्यांक ग्यारेण्टी दिन केही दिन आनाकानी गरे । महीना बितेपछि काम गरे बापतको पैसा त दिएनन् नै, उल्टै सर्म्पर्कविहीन भए । अनि मात्रै दीपकले आफू ठगको फन्दामा परेको चाल पाए ।
यसरी ठगिने दीपक एक्ला होइनन् । हामीले आकर्ष कमाइको लोभमा काभ्रे र राजधानीका विभिन्न ठाउँमा शाखा खोल्ने दीपक जस्ता १० जना युवालाई भेट्यौं । त्यसमध्ये एक हुन्, ललितपुर हात्तीवनका भुवन घिमिरे ।
घिमिरेसहितका तीन युवाले हात्तीवनमा ‘भी इन्फोटेक’ को कार्यालय खोल्न, व्यवस्थापन गर्न ३३ जना कर्मचारीलाई तलब र मासिक भाडामै रु.१७ लाख सिध्याए ।
“हामीले पहिलो महीना २५ सय पेज टाइप गरेर उसलाई बुझायौं, तर एक पैसा पनि पाएनौं” भुवन भन्छन्, “रिपोर्ट आएकै छैन भन्दै कुरायो, पैसा दिने कुरा कहिल्यै गरेन ।”
दुर्इ महीनासम्म काम गरेर पैसा नपाएपछि भुवनले सबै कर्मचारीलाई विदा गरे । अनि विकास विरुद्ध ठगी मुद्दा लिएर महानगरीय प्रहरी परिसर, ललितपुर पुगे । प्रहरीले ९ माघ २०७३ मा विकास दम्पतीलाई पक्राउ गर्‍यो ।
भुवनका अनुसार, उपत्यकाका ‘भी इन्फोटेक’ का हरेक शाखाले कम्तीमा रु.१० लाखदेखि रु.१८ लाखसम्म खर्च गरेका छन् । यस्ता शाखा कति छन् भन्ने यकिन पनि छैन ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षकर् इश्वर कार्की भन्छन्, “विकासले मासिक रु.६ लाख कमाइ हुने भन्दै आठ जना व्यक्तिबाट जनही रु.५ लाख ६० हजार असुलेका रहेछन् ।”
यसरी ठगिनेमा धेरैजसो १८ देखि २५ वर्षउमेरका विद्यार्थी छन् । कतिले त ब्याङ्कबाटै ऋण निकालेर लगानी गरेका छन् । काभ्रेका ज्ञानेन्द्र श्रेष्ठले परिवारका अन्य सदस्यको सहयोगमा बनेपा माइक्रो फाइनान्सबाट रु.१० लाख र नागरिक लगानी कोष नयाँबानेश्वरबाट रु.३ लाख ऋण गरेर बनेपाको गोदामचोकमा ‘भी इन्फोटेक’ को कार्यालय खोलेका थिए ।
इर्न्भर्टर, २० वटा कम्प्युटर, सोलारलगायतका सामग्री किन्न र कार्यालय व्यवस्थापन गर्नमै उनले रु.९ लाख सिध्याए । ६० जना कर्मचारीको दुइ महीनाको तलब समेत जोड्दा रु.१८ लाख सकियो । तर, उनलाई पनि विकासले रित्तै हात फर्काए ।
सोधखोज गर्ने शाखाहरूलाई विकासले नयाँदिल्लीमा रहेको ‘भी इन्फोटेक’ को मुख्य कार्यालयले अमेरिकी कम्पनी ‘म्याक मिलियन’ सँग उपन्यासको पुनः प्रकाशनका लागि सम्झौता गरेको बताउँथे
त्यो कार्यालयको सर्म्पर्क माग्दा भने नानाथरी वहानाबाजी गरेर टार्थे । ती उपन्यासहरूका लेखकहरू को को हुन् भनेर पनि उनले कहिल्यै बताएनन् । इमेलद्वारा ‘स्क्यान’ गरिएका पेजहरू शाखाहरूलाई पठाउँथे । शाखाहरूले सो पेजमा भएका शब्द र्’वर्ड’ मा टाइप गर्नुपर्थ्यो ।
जब शाखाहरूले पैसा पाएनन् उनीहरू आफैंले इन्टरनेटको माध्यमबाट ‘भी इन्फोटेक’ को दिल्लीस्थित कार्यालय खोज्न थाले । उनीहरूले त्यस्तो कुनै कार्यालय फेला पार्न सकेनन् । बल्लतल्ल ‘म्याक मिलियन’ को इमेल भेटियो । उसले उपन्यास पुनः प्रकाशनका लागि कसैसँग सम्झौता नगरेको जानकारी दियो ।
भी इन्फोटेक नेपालमा चाहिं कम्पनी रजिष्ट्रारको कार्यालयमा अस्मिता घिमिरेको नाममा दर्ता छ । ११ साउन २०७३ मा दर्ता भएको यो कम्पनीको अधिकृत र जारी पूँजी रु.१/१ लाख छ ।
आन्तरिक राजश्व कार्यालयबाट लिएको स्थायी लेखा नम्बरमा कम्पनीले ‘कम्प्युटर सफ्टवेयर सम्बन्धी कारोबार गर्ने’ उल्लेख छ । प्रहरी नायव उपरीक्षकर् इश्वर कार्कीका अनुसार, “विकासले जम्माजम्मी डेढ करोड ठगी गरेको भेटिएको छ ।”
जिल्ला अदालत ललितपुरको आदेशले विकास दम्पती अहिले ठगी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।
‘दैनिक ४०० ठगिन्छन्’
राजधानीमा अहिले लुकीछिपी होइन खुलेआम कार्यालय खोलेर, पत्रिकामा विज्ञापन गरेर ठगी गर्ने धन्दा निर्वाध चलिरहेको छ । यो ठगीधन्दा सामान्य झैं लाग्नुमा चार कारण मुख्य देखिन्छन् ।
पहिलो, पीडित ठूलो संख्यामा हुने तर ठगिएको अङ्क केही हजारदेखि एक लाख, दुर्इलाख मात्रै हुने हुँदा कतिपयले कानूनी उपचार खोज्न खासै चासो राख्दैनन् ।

दोस्रो, यो काम वा कारोबार गर्न सम्झौता गरेजस्तो देखिने भएकोले प्रहरी प्रशासनलाई पनि हत्तपत्त ठगी जस्तो लाग्दैन ।
तेस्रो, यस्तो कार्यालय खोलेर काम गर्न कानूनी प्रक्रिया पूरा गर्नु नपर्ने हुनाले उपचार खोज्न पनि सजिलो छैन ।
र चौथो कारण हो, ‘आफू ठगिएँ’ भन्दा सामाजिक रूपमा आफूलाई लज्जित ठान्ने मानसिकता । यस्ता कारणहरूले विज्ञापन गरेर ठगी गर्नेहरू आरामले धन्दा चलाइरहेका छन्, र छिटपुट बाहेक प्रहरी कारबाहीमा पर्नै सकेका छैनन् ।
हामीले पाँचवटा राष्ट्रिय दैनिक -कान्तिपुर, नागरिक, अन्नपुर्ण पोष्ट, नयाँ पत्रिका र गोरखापत्र) मा छापिएका आवश्यकता सम्बन्धी -डिस्प्ले वर्गीकृत) विज्ञापन अध्ययन गरी ठगी धन्दा बारे बुझने कोशिश गर्‍यौं ।
तिनमा संख्या तोकेर दिइएका सबैजसो विज्ञापनमा कामको प्रकृति भने लगभग एकै खाले भेटियो । जस्तो कि टाइपिङ, डाटा इन्ट्री, र ‘गुगल एडसेन्स’ अनि अनलाइनमै काम गर्नुपर्ने ।
रमाइलो कुरा त एउटै विज्ञापन एक महीनामा २० दिनसम्म छापिएको पनि भेटियो । विज्ञापनको अन्त्यमा दिइएको सर्म्पर्क नम्बर पहिल्याउँदै जागीरको खोजीमा रहेका युवाहरू त्यहाँ पुग्छन् ।

फागुन २०७३ मा दैनिक पत्रिका पल्टाएर ‘अर्जेन्ट’ र ‘आवश्यकता’ सम्बन्धी डिस्प्ले वर्गीकृत विज्ञापनमा चाहिएको भनेर उल्लेख गरिएको संख्या गणना गर्दा ८ हजार ८२५ जनाको माग भएको भेटियो । यसमा सुरक्षा गार्ड, कुक तथा सेल्सम्यान जस्ता विज्ञापन समावेश छैन ।
विज्ञापनमा दिइएका नम्बरको आधारमा हामी चाबहिल, कोटेश्वर र बागबजारका केही सर्म्पर्क कार्यालयमा पुग्यौं । त्यहाँ हामी पुग्दा ६ देखि १० जनासम्म युवा भेटिए । एकजना सञ्चालकका भनाइमा, “दिनमा २०-२५ जनासम्म जागीर खोज्दै यहाँ आइपुग्छन् ।”
यस्तै जागीर दिन चाबहिलमा ‘एनएओ’ प्रालि खोलेर बसेका डम्बर मिश्रका भनाइमा, ‘उनीहरू कामको प्रकृति हेरेर सदस्य बन्न मात्रै रु.१५ हजारसम्म शुल्क लिन्छन् ।’ हामीलाई ग्राहक ठानेर उनले भने “अष्ट्रेलियाका कम्पनीहरूको विज्ञापन गरेबापत आउने कमिशन नै तलब हो ।”
पैसा पाइने प्रक्रिया यति झन्झटिलो बताए कि सुन्दा नै पट्यार लाग्थ्यो । मिश्रले भने, “एउटा विवरण एक सय वटा अनलाइन साइटमा भरेर त्यसको विवरण नोट प्याडमा उतार्नुपर्दछ । त्यसबापत २३ अष्ट्रेलियन डलर पाइन्छ ।”
जेठ, २०७३ मा एउटा पत्रिकामा छापिएको यस्तै विज्ञापन पढेर शान्ता घिमिरे बागबजारको ‘इन्टरनेशनल वेभ कनेक्सन’ भन्ने कार्यालयमा पुगिन् । रु.१०० तिरेर फारम भरिन् ।
कम्पनी सञ्चालक नवराज मिश्रले दैनिक पाँच घण्टा काम गर्दा ५ हजार शब्द टाइप गर्न सकिने र त्यसबापत कम्तीमा पनि मासिक रु.१५ हजार कमाइ हुने बताए । विश्वासमा परेर ‘अकाउण्ट खोल्न’ उनले शुरूमै रु.३ हजार दिइन् ।
“घरमै बसीबसी टाइप गर्ने हो, अफिस पनि आउनुपर्दैन भन्यो” घिमिरे भन्छिन् । उनलाई शुरूमा त हो कि जस्तो लाग्यो, तर जति काम गरे पनि उनीहरूले भने अनुसार नहुने भएपछि मात्र उनले आफू ठगिएको थाहा पाइन् । शान्ताले भनिन्, “ठगिइसकें, अब कहाँ उजुरी गर्न जाऊँ – लाजको पसारो !”
ग्राहकलाई विश्वास दिलाउन ठगी धन्दा सञ्चालकहरू जे पनि बोल्छन् । जस्तो कि खड्कबहादुर पहिलो दिन जागीरको खोजीमा कलंकी पुग्दा रामवीरले अर्को एकजनालाई देखाउँदै ‘उहाँ महीनाको रु.१ लाख ५० हजार बुझरिहनुभएको छ’ भनेका थिए । तर, दुई महीनापछि तलब नपाएर खड्गबहादुर रामवीरलाई भेट्न जाँदा ती व्यक्ति आफ्नो रु.१५ हजार तलब नपाएर हैरान थिए ।
‘भी इन्फोटेक’ का विकासको तरीका पनि यस्तै थियो । दीपक दाहाललाई उनले ‘आठ जनाले शाखा खोलिसकेको र दुर्इ वटा कोटा मात्र बाँकी रहेको’ बताएका थिए । तर, केही दिनमै दीपकलाई थाहा भयो उनी नै कार्यालय खोल्ने पहिलो व्यक्ति रहेछन् । भुवन घिमिरेलाई पनि विकासले यही तरीका अपनाएर फसाएका थिए । विकास कतिसम्म चलाख थिए भने ‘पावर पोइन्ट’ बाट आफ्नो योजना देखाउँदै पैसाको चिन्ता नलिन भन्थे ।
पत्रिकामा अहिले पनि दिनहुँ यस्ता विज्ञापन छापिन्छन् र दिनहुँजसो यस्ता कथित जागीर दिने कार्यालयमा मानिस धाइरहेकै छन् । काठमाडौंमा चलिरहेको यो ठगी धन्दाको आकार कत्रो होला – कुनै बेला आफू पनि ठगीमा परेका एक युवाको विश्लेषणमा, “दैनिक ठगिनेको संख्या ४०० हाराहारी हुन सक्छ ।”
प्रहरीसमक्ष यस्ता ठगीका उजुरी घटनाका तुलनामा भने कमै परेका छन् । महानगरीय प्रहरी परिसर टेकूमा आर्थिक वर्ष२०७०/७१ मा २०८ उजुरी परे । २०७१/७२ मा यो संख्या १९२ थियो । आव २०७२/७३ मा यो संख्या २१५ पुग्यो । तर, पछिल्लो समय ठगीका उजुरीको संख्या केही बढेको छ ।
साउन २०७३ देखि माघ मसान्तसम्म ७१ वटा ठगीका उजुरी प्रहरी कार्यालयमा दर्ता भइसकेका छन् । प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ रेग्मी भन्छन्, “यति धेरै ठगीका उजुरी आउनु गम्भीर अवस्था हो ।” उजुरी आए कार्बाही गर्ने बताउने रेग्मी भन्छन्, “तर प्रमाणसहित आउनु पर्‍यो ।”
भ्रामक विज्ञापन रोक सर्वोच्च
“पत्रिकामा आएको कुरा झूट हुँदैन भनेर विश्वास गर्दा आज मेरो यो हालत भयो”, जापान जाने सपना छोडेर जागीर खान कस्सिएका दीपक दाहालको गुनासो छ । रिपोर्टिङका क्रममा ‘हामी पत्रकार हौं’ भन्नासाथै पीडितहरू ‘गलत र भ्रामक विज्ञापन छाप्ने’ भन्दै आक्रोश व्यक्त गर्थे ।
ललितपुर हात्तीवनका भुवन घिमिरे मुलुकका प्रतिष्ठित पत्रिकाहरूले पैसाका लागि जस्तो पनि विज्ञापन छापिदिनु नहुने बताउँछन् । “कहीं न कहींबाट परीक्षण गरेर मात्रै छाप्नुपर्‍यो, आज हामी ठगियौं, भोलि अरू ठगिनु नपरोस् न !” उनी भन्छन् ।
भ्रमपुर्ण विज्ञापनबाट र्सवसाधारण ठगिएको भन्दै २० चैत २०७० मा अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । तिमिल्सिनाले वस्तु वा सेवामा भ्रम सिर्जना गर्ने विज्ञापन निर्वाध प्रकाशित प्रसारित भइरहेकोमा सरोकारवाला निकायले वास्ता नगरेको भन्दै त्यसमा नियन्त्रण गर्नुपर्ने माग गरेका थिए ।
रिटको सुनुवाइ गर्दै २७ जेठ २०७२ मा सर्वोच्चका न्यायाधीशद्वय गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको इजलासले, ‘विद्यमान अवस्थामा विज्ञापनको नियमन गर्ने छुट्टै कानून निर्माण नभएको’ भन्दै ‘कानून नबनेसम्म भ्रमपुर्ण विज्ञापन, प्रचार-प्रसार गर्ने कामलाई रोक्न सरकारका नाममा परमादेश जारी गरेको’ थियो । तर, अदालतको आदेश आएको दुर्इ वर्षभइसक्दासम्म पनि सरकारले न कानून बनाएको छ न यस्ता भ्रमपुर्ण विज्ञापन बारे अनुगमन नै गरेको छ । @ हिमालखबर |
(पीडितको आग्रहमा घिमिरे, दाहाल र श्रेष्ठको नाम परिवर्तन गरिएको छ ।)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution