चुनावमा वैदेशिक रोजगारको सवाल उठाउन गैरसरकारी संस्थाहरुको जोड

वैशाख २० – स्थानीय तहको चुनावमा वैदेशिक रोजगारको सवाललाई सशक्त रुपमा उठाउनुपर्नेमा गैरसरकारी संस्थाहरुले जोड दिएका छन् । बुधबार नवलपरासीको कावासोतीमा वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने संस्थाहरुको सञ्जालको बैठकले यस्तो जोड दिएको हो । वैदेशिक रोजगारलाई साझा समस्याका रुपमा लिँदै यसलाई व्यवस्थित र मर्यादित बनाउन सबै लाग्नुपर्ने उनीहरुले बताएका छन् ।उनीहरुले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र विकल्पका रुपमा अघि सार्न चुनावका उम्मेदवारहरुलाई क्रियाशिल बनाउनुपर्ने बताए ।
कार्यक्रममा हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफका कार्यकारी निर्देशक सुरवीर स्थपित, कार्यक्रम संयोजक रीतुराम सोती, ईन्द्रेणी समाजिक विकास मञ्चका कार्यकारी निर्देशक बुद्धीप्रसाद सुवेदी, कार्यक्रम संयोजक उमा पौडेल, सुनवल सामुदायिक विकास केन्द्रकी राधा सापकोटा, माईती नेपाल नवलपरासीकी माया क्षेत्री, सेर्लड नवलपरासीका सीताराम अधिकारी, आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष बलबहादुर थापा, सदस्य रामु भुषाल, टका काफ्ले, युथ भिजन नवलपरासीका कार्यक्रम संयोजक चेतनारायण भण्डारी, सहभागीका कार्यक्रम संयोजक रामप्रसाद पाण्डे लगायतले बोल्नुभएको थियो ।