हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

चुनावपछि विश्वासको मत लिने कि राजीनामा गर्ने ?

संसदीय लोकतन्त्रमा संसद्को बहुमत सधैं नै सरकारका पक्षमा हुनुपर्छ । अर्थात्, संसद्मा सरकारको बहुमत रहेको स्पष्ट प्रमाणित भइरहनुपर्छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने दलहरुमध्ये माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरुको हस्ताक्षर प्रयोग गरेर सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्कीविरूद्ध ‘छापामार शैली’मा महाभियोग प्रस्ताव दर्ता गराएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएको छ । संविधान संशोधनमा सरकारले जालझेल गरेको आरोप लगाएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध दलले पहिले नै प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिएका थिए । हालै नेपाल लोकतान्त्रिक फोरम नामाकरण गरिएको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)मा केही साना दल मिलेर बनेको नेपाल लोकतान्त्रिक फोरमको समर्थन सरकारलाई कायमै छ कि छैन भन्ने पनि प्रश्न उत्पन्न भएको छ । किनभने केही साता पहिले फोरम (लोकतान्त्रिक)ले पनि सरकारलाई समर्थन नगर्ने घोषणा गरेको थियो । हुनत, प्रमुख विपक्षले प्रधानमन्त्री दाहाललाई व्यवस्थापिका संसद्का बहुमत सदस्यको समर्थन छैन भनेर चुनौती दिएको छैन । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लिएको छैन तर कांग्रेसका तर्फबाट नेतृत्व गर्दै सरकारमा गएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रधान न्यायाधीश कार्कीविरुद्ध महाभियोगको प्रस्ताव राखिएकै विषयमा असन्तुष्टि प्रकट गरी राजीनामा गरेकाले पनि नैतिक वैधता कायम राख्न प्रधानमन्त्री दाहालले आफूमाथि व्यवस्थापिका संसद्को विश्वास रहेको पुष्टि गराउनु संसदीय लोकतन्त्र अनुरुप हुन्छ ।
नेपालको संविधान, २०७२ को धारा १०० मा ‘विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था’ को उपधारा (१)मा प्रधानमन्त्रीले कुनै पनि बेला आपूmमाथि संसद्को विश्वास भएको स्पष्ट पार्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मत लिनसक्ने व्यवस्था छ । यस उपधाराले प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाध्य बनाउँदैन । तर, यही धाराको उपधारा (२) मा भने बाध्यात्मक व्यवस्था गरिएको छ र अहिलेको अवस्थामा यही उपधारा आकर्षित हुने देखिन्छ । संविधानको धारा १०० को उपधारा (२)मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आप्mनो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नु पर्नेछ ।’ लेखिएको छ । यस्तो विश्वासको मत लिने प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको बहुमतबाट पारित नभएमा प्रधानमन्त्री पदबाट मुक्त हुने प्रावधान यही धाराको उपधारा (३)मा रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सामेल भएको दल हुनाले धारा १०० को उपधारा (२)अनुसार प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने हुन्छ । विश्वासको मत ३० दिनभित्र लिए हुने भएकाले राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको २०७४ वैशाख १८ को ३० दिन जेठ १७ सम्म हुन्छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनलगत्तै प्रधानमन्त्री दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको हो र त्यसमा कायमै रहने हो भने पनि दाहालले विश्वासको मत लिएर राजीनामा गर्दा लोकतान्त्रिक परम्परा बस्नेछ । यद्यपि, प्रधानमन्त्री दाहालजस्ता ‘व्यावहारिक नेता’लाई लोकतान्त्रिक परम्परा वा नैतिकता जस्ता विषय अनावश्यक झमेलामात्र लाग्न सक्छ । त्यस अवस्थामा राजीनामा दिएर उनी पन्छन सक्छन् । जे गरे पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचनपूर्व नै गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री दाहालले के गर्ने हुन् भन्ने अड्कलवाजी र हल्लाको विषय बनाएर अराजकता बढाउनुभन्दा उनले नेपाली जनतालाई स्पष्ट बताउनु श्रेयश्कर हुनेछ ।@ बार्हखरी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution