हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता उत्साहजनक

काठमाडौं, वैशाख १९ – निर्वाचन आयोले पहिलो चरणमा यही वैशाख ३१ निर्वाचन हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनको लागि आज भएको उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण तथा उत्साहजनरुमा भएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणअन्तर्गत आज भएको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जानकारी दिनुभयो । प्रमुख राजनीतिक दलले कतिपय स्थानका उम्मेदवारको छनोट अन्तिम समयमा गरेको हुँदा बिहानको तुलनामा अपराह्नपछि मनोनयन स्थलमा निकै चाप बढको थियो ।
केही स्थानमा राति अवेरसम्म लाम बसेर उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । काठमाडौँ महानगरपालिकासहितका पङ्क्तिबद्ध भएर बसेका मतदाताले मनोनयन दर्ता चुस्त हुन नसकेको जनाउँदै त्यसलाई थप व्यवस्थित तुल्याउन प्रमुख निर्वाचन आयुक्त यादवसँग अनुरोध समेत गरे ।
उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म समय तोकिएको थियो । पहिलो चरणको निर्वाचनबाट ९७ प्रमुख त्यहीकै सङ्ख्यामा उपप्रमुख, १८६ अध्यक्ष र सोही सङ्ख्यामा उपाध्यक्ष चयन हुने छन् ।
निर्वाचनबाट दुई हजार ५९८ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित सदस्य निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ ।

काठमाडौँ र ललितपुर जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन प्रक्रियाको अवलोकनपछि प्रमुख निर्वाचन आयुक्तले निर्वाचनमा देखिएको उत्साहले निर्वाचन आयोगले खुसी र गौरव महसुस गरेको प्रतिक्रिया दिनुभयो ।
थोरै जनसङ्ख्या भएका स्थानीय तहमा भने उम्मेदवारी मनोनयन दर्ता समयमै पूरा भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम आजै रहेपनि कतिपय स्थानमा मनोनयन दर्ता कार्यमा भएको ढिलाइका कारण भोलि बिहानका लागि सारिएको जानकारी प्राप्त भएको छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution