नयाँ शक्तिको प्रतिबद्धतापत्र सार्वजनिक, प्रतिव्यक्ति आय १५ हजार डलर पुर्याउने

काठमाडौं – बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तहको चुनावका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा भट्टराईसहितका नेताहरुले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । नयाँ शक्ति पार्टी पहिलोपटक चुनावमा सहभागी हुँदैछ । आफ्नो दलको चिन्ह आँखा नपाएपछि उसले संघीय समाजवादी फोरमको चिन्ह ‘मसाल’ लिएर चुनावमा जाने भएको छ ।
नयाँ शक्तिले ‘अरुले गर्छन् कुरा, हामी गर्छौं पूरा’ भन्ने मूल नारासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । उसले स्थानीय तहको निर्वाचनका लागि आर्थिक विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ ।
पार्टीको पाँच ‘स’ समृद्धि, समानुपातिक–समावेशी र सहभागितामुलुक लोकतन्त्र, सुशासन–सदाचार, स्वाधिनता–सार्वभौमिकता र समुनन्त समाजलाई प्रतिबद्धतापत्रमा समेटिएको छ ।
नयाँ शक्तिले २५ वर्षमा प्रतिव्यक्ति आय १५ हजार डलर पुर्याउनेलगायतका आर्थिक समृद्धिका लागि योजनाहरु पनि अघि सारेको छ ।
नयाँ शक्ति पार्टीकाे प्रतिबद्धतापत्र