हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रधानन्यायाधीशसंग किन डराए दाहाल र देउवा ? एक कलमै जुटेको थियो महाअभियोग सहमति

काठमाडौं-कांग्रेस सभापति शेरबहादुर देउवाको मोबाइलमा आइतबार घण्टी बज्यो । फोन गर्ने व्यक्ति थिए प्रधानमन्त्री पुष्पकमल दाहाल । प्रधानमन्त्री दाहाल र सभापति देउवाले नेपाल प्रहरी प्रमुखको विषयमा सर्वोच्चले के गर्ला भनेरे नजिकबाट हेरिरहेका थिए ।

सोही क्रममा प्रधानमन्त्री दाहालसँग खबर पुग्यो, लोकसेवा आयोगको कार्यसम्पादन मूल्यांकन (कासमु) फाइल हेरियो । गृहको पनि हेरियो सबै हुबहु छ । तर, प्रधान्यायाधीश कार्कीले डीआईजी नवराज सिलवालकै पक्षमा फैसला गर्दै छिन् । यो खबर पाएलगत्तै दाहालले देउवालाई फोन गरेका थिए ।

उता, आइतबार बिहानैदेखि महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ प्रधानन्यायाधीशलाई भेट्ने कोसिसमा थिए । श्रेष्ठले के बुझेका थिए भने आईजीपी बढुवा प्रकरणमा प्रधानन्यायाधीश कार्कीसहितको इजलासले नवराज सिलवाललाई एक नम्बरका डीआईजीका रूपमा उल्लेख गरेर पूर्ण फैसला सार्वजनिक गर्दै छ ।

निर्वाचनको सम्मुख भएकाले सो फैसलाले असर गर्ने भन्दै श्रेष्ठले प्रधानन्यायाधीशलाई बारम्बार फैसलाको पूर्ण पाठ सार्वजनिक नगर्न आग्रह गरे । तर, प्रधानन्यायाधीश कार्कीले टेरिनन् । पूर्ण फैसला सार्वजनिक भयो । सरकारी वकिलले फैसला महान्यायाधिवक्ता कहाँ पु¥याए । महान्यायाधिवक्ताले फैसला हेरेपछि आईजीपी प्रकरणमा सरकार फेरि अप्ठ्यारोमा पर्ने देखेपछि तत्काल प्रधानमन्त्रीलाई घटनाबारे फोनबाटै जानकारी गराए । यतिबेलासम्म कांग्रेस सभापति देउवा यो घटनाबारे अनभिज्ञ नै थिए । महान्यायाधिवक्ताको जानकारीलगत्तै दाहालले देउवालाई जानकारी गराएपछि दुवै नेता प्रधानन्यायाधीश कार्कीलाई तह लगाउने निष्कर्षमा पुगे ।

स्रोतका अनुसार १० दिनअघि मात्र सरकारले डीआईजी नवराज सिलवाललाई घटना नउचाल्न भनेको थियो । तर, सिलवालले मानेनन् । अदालतमा पुनः रिट दर्ता गराए । रिट दर्तासँगै अदालतले सिलवालमाथि छानबिन नै नगर्न अन्तरिम आदेश दिएपछि सरकार थप झस्कियो । ‘सरकारले कार्कीले सरकारलाई जबर्जस्ती पेल्ने नियत राखेको देखियो । त्यसकारण, महाअभियोग लगाउनुको विकल्प रहेन,’ महाअभियोगको अन्तर्यबारे महान्यायाधिवक्ता कार्यालयकै एक उच्च सरकारी अधिकारी भन्छन् ।

महान्यायाधिवक्ताको अन्तिम प्रयास पनि असफल भएको थाहा पाएका प्रधानमन्त्री दाहालले फोनको सुरुमै देउवासँग देशमा दर्दनाक अवस्था आयो भन्दै अदालतले सिलवालकै पक्षमा अर्को पनि फैसला गर्न लागेको र त्यसो भए आफूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र निर्वाचन पनि भाँडिने अवस्था आउने बताए । स्रोतका अनुसार देउवा आफैंले तत्काल महाअभियोग प्रस्ताव प्रक्रियाका लागि हस्ताक्षर सुरु गरेर चाँडो प्रस्ताव दर्ता गर्न सुझाएका थिए ।

लगत्तै माओवादी केन्द्रबाट प्रमुख सचेतक टेकबहादुर बस्नेतलाई प्रधानमन्त्रीले खटाए । बस्नेतले पनि सांसदहरूको नाम र हस्ताक्षर संकलन सुरु गरे । एक नम्बरमा नै प्रधानमन्त्री दाहालको नाम समावेश गरे । उता, कां्रग्रेसबाट पनि हस्ताक्षर सुरु गरियो । छोटो समयको अन्तरालमा दुवै पक्षबाट २ सय ५९ सांसदको हस्ताक्षर जुटेपछि आइतबार नै संसद् सचिवालयमा महाअभियोग प्रस्ताव गरिएको थियो । महाअभियोग प्रस्तावको प्रस्तावमा मीन विश्वकर्मा र समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले हस्ताक्षर गरेर बुझाएका थिए ।

महाअभियोग प्रस्तावका लागि दिनभर दौडधुपमा संलग्न सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप गरेर प्रहरी प्रमुख बढुवा विवादमा अनावश्यक हस्तक्षेप भएपछि सरकार महाअभियोग प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेको बताउँछन् ।

‘हस्तक्षेप पनि यस्तो भयो कि दोस्रो भएकोलाई पहिलो बनाउने, पहिलोलाई दोस्रो बनाउने काम भयो । यसले स्वतन्त्र न्यायापालिकामाथि प्रश्न उठ्यो भने कार्यपालिकाको अधिकारमाथि पनि ठाडो हस्तक्षेप भयो,’ उनले राजधानीसँग भने ।
माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मणि थापा सरकारले पेस गरेको कुरा अनुसन्धान पनि नगर्ने तर व्यक्तिले पेस गरेको विषयलाई आधार मानेर निर्णय गर्ने स्थिति आएपछि पछिल्लो कदम अगाडि बढाएको बताउँछन् ।

सर्वोच्च अदालतले केही समयअगाडि मात्रै द्वन्द्वकालीन घटनाको विषयमा माओवादी नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न आदेश दिएको थियो । सरकारले त्यो विषयमा आपत्ति जनाएको थिएन । तर, १९ वैशाखलाई तोकिएको पेसीमा आईजी प्रकरणको विषयमा पुनः सिलवालकै पक्षमा फैसला गर्ने सर्वोच्चको तयारी बुझेपछि सरकार कि त नैतिकताका आधारमा राजीनामा दिनुपर्ने या त महाअभियोग लगाउनुपर्ने बाध्यतामा पुग्यो । अन्ततः प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच महाअभियोग दर्ता गर्नेमा सहमति जुटेपछि मात्र महाअभियोग प्रस्ताव दर्ता भयो । @ राजधानीदैनिक |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution