कार्यवाहक प्रधानन्यायाधीशमा गोपाल पराजुली नियुक्त

काठमाडौँ । वरिष्ठ न्यायाधीश गोपाल पराजुली कार्यवाहक प्रधानन्यायाधीशमा नियुक्त भएका छन्। आज आईतबार प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुली कार्यावहाक प्रधानन्यायाधीशमा नियुक्त भएका हुन्।
प्रधानन्यायाधीश कार्की निलम्बनमा परेसँगै खाली रहेको उक्त पदमा वरिष्ठताका आधारमा पराजुली स्वतः कार्यवाहक प्रधानन्यायाधीश नियुक्त बनेका हुन्। पराजुलीले आईतबार साँझ नै पदभार सम्हालिसकेका छन्। कार्कीमाथि कांग्रेस र माओवादी केन्द्रका सांसद्हरुले महाभियोग प्रस्ताव दर्ता गरेसँगै उनी निलम्बनमा परेकी हुन्।