स्थानीय तहको निर्वाचनमा सेना परिचालन,राष्ट्रपति विद्यादेवी भण्डारीले दिए स्वीकृति

वैशाख १४, २०७४- राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनमा सेना परिचालनको लागि स्वीकृति दिएकी छन् । स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्ने राष्ट्रिय सुरक्षा परिषद्, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिले स्वीकृति दिएकी हुन् ।
राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालन गर्ने स्वीकृति दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले जानकारी दिए ।