हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

स्थानीय तहको संख्या नथप्ने सरकारको निर्णय प्रति मधेसी मोर्चाको आपत्ति,अब के गर्लान् त ?

काठमाडौं। प्रमुख प्रतिपक्ष एमालेलाई मनाउने भन्दै सरकारले स्थानीय तहको संख्या तत्काल नथप्ने निर्णय गरेपछि मधेसी मोर्चाले आपत्ति जनाएको छ। मोर्चाले सरकार मोर्चासँग भएको सहमतिबाट पछि हटेको भन्दै आपत्ति जनाएको हो।

गत शनिबार सरकार र मधेसी मोर्चाबीच संशोधन विधेयकलाई परिमार्जनसहित पारित गर्ने तथा तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या थप गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार सरकारले तराइ मधेसका ११ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने गरी जिल्ला प्रावधिक टोलीलाई परिपत्र गरेको थियो।

तराइका ११ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने निर्णयको विरोध गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदन अबरोध गरेपछि सरकारले सो निर्णय फिर्ता लिएको थियो।

तर मधेसी मोर्चाले भने आफूहरुलाई निर्वाचनमा आउन नदिन प्रमुख तीन दल मिलेको आरोप लगाउँदै स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ताको विषय आफूहरुलाई मान्य नहुने चेतावनी दिएको छ।

‘प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र मोर्चालाई निर्वाचनमा जानबाट रोक्न अनेक प्रपञ्च गरिरहेका छन,’ राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले डिसीनेपालसँग भने, ‘हामीसँग भएको सहमतिबाट सरकार पछि हटेको छ। यो विषय हामीलाई मान्य हुँदैन।’

उनले मधेसी मोर्चासहित संघीय गठबन्धनको बैठक बसेर सो विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताए। सरकारले मोर्चासँग भएको भद्र सहमति तोडको भन्दै मोर्चाले आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ।

संविधान संशोध प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्ने तथा तराइ मधेसमा स्थानीय तहको संख्या बढाउनुपर्ने मोर्चाको मागमा सरकार सहमत भएपछि मोर्चा निर्वाचनमा आउन तयार भएको थियो।

मोर्चासँगको सहमति अनुसार सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो। निर्वाचन अयोगले दुई चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा सरकारको निर्णयले मधेसी मोर्चा बिच्किएको छ।

राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले सरकारले मोर्चासँग भएको भद्र सहमति तोडेको आरोप लगाउँदै सो विषयमा प्रधानमन्त्रीसँग सोध्ने बताए। मोर्चाका नेताहरुले अहिले दश बजे प्रधानमन्त्रीसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

‘हाम्रो मुख्य बटमलाइन संविधान संशोधन नै हो,’ यादवले डिसी नेपालसँग भने, ‘सरकारले हामीसँग भएको भद्र सहमति तोडेकै हो। हामीले सरकारसँग भएको सहमति अनुसार आन्दोलनका कार्यक्रम स्थगित गरेका छौं। सरकारलाई सहयोग पनि गरेका छौं। तर सरकारले सहमति तोड्नु पूर्व हामीसँग छलफल नै गरेन।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution