इजरायलमा २५६१ औं बुद्ध जयन्ति भव्यताको साथ मनाउने

तेलअविव – नेपाल आदिबासी जनजाती महासंघ इजरायलको मूल आयोजकत्वमा २५६१ औं बुद्ध जयन्ति आउँदो २०१७ मे १३ (शनिबार) को दिन बिहान ८.०० बजे देखि तेलअविव शहर स्थित लेवेन्सकी पार्कमा भव्यताको साथ मनाउने भएको छ | बुद्ध जयन्ति कार्यक्रमलाई साझा बनाउनको लागि महासंघले इजरायलमा अवस्थित नेपालीहरुको विभिन्न संघसंस्थालाई सहआयोजकमा बस्न आव्हान गर्दै समेटेको छ |
लामा धर्मगुरु थुप्तेन योन्जन तामाङ लगायतका लामाहरु द्वारा बौद्ध धर्मअनुसार पाठपुजा सम्पन्न गरी प्रशाद वितरण कार्यक्रम समेत रहेको हुँदा इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थित हुनुभई प्रशाद ग्रहण गर्न हार्दिक निमन्त्रणा गरेको छ |
उक्त कार्यक्रमबाट भेटि स्वरुप संकलन भएको रकम राष्ट्रको शैक्षिक बिकासका लागि डा.महाबिर पुन द्वारा स्थापना भएको “राष्ट्रिय आविष्कार केन्द्र ” लाई प्रदान गर्ने जनाएको छ |