एमाले फकाउँदा मोर्चा बिच्कियो

काठमाडौं। व्यवस्थापिका–संसद् सुचारू भएको छ। प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद चल्न सकेको थिएन। बुधबार राति संसदको अवरोध हटाउन एमाले राजी भएपछि बैठक चलेको हो।
११ बजेका लागि डाकिएको संसद दिउँसो तीन बजे बस्ने गरी स्थगित भएको थियो। तीनबजे पनि सुरू हुन नसकेपछि सूचना टाँसेर बेलुका पाँच बजेसम्मका लागि स्थगित गरिएको थियो।
तराइका ११ जिल्लामा स्थानीय तह थप्न सम्बन्धित जिल्लामा पठाएको प्रस्तावलाई सरकारले फिर्ता लिएपछि एमाले संसद चल्न दिन सहमत भएको हो।
स्थानीय तह थप्ने निर्णय फिर्ता लिएको भन्दै फेरि मधेस केन्द्रित दल चिढिएका छन्। मधेस केन्द्रित दलको एकताबाट बनेको राष्ट्रिय जनता पार्टीले सरकारले सहमति तोडेको भन्दै पुनः सहमति भंग हुने स्थिति आएको चेतावनी दिएका छन्।