प्रधानम्नत्री दाहाल:गच्छदार संग भेट्न डरले थुरथुरु !

काठमाडौँ : चुनावबारे छलफल गर्न बालुवाटारमा भएको प्रमुख पाँच दलको बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष रहेका विजयकुमार गच्छदारले प्रधानम्नत्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरे। उनले प्रचण्डसँग मात्र होइन अन्य प्रमुख दलहरुलाई पनि आफ्नो राष्ट्रिय राजनीतिमा ‘कर्नर’ पार्न खोजिएको हो कि भन्ने प्रश्न गरे।
संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको २०७२ जेठ २५ गतेको सहमतिका बेला आफ्नो त्याग र योगदानको कदर नगरिएको भन्दै उनले बालुवाटार बैठकमा गुनासो सुनाए।
उनले आफूले दलहरुलाई सरकारमा पुर्याउन र विगतमा सहमति जुटाउन खेलको भूमिकासमेत लामो समय खर्च गरेर स्मरण गराए। प्रचण्ड नेतृत्वको सरकार गठनका बेला समर्थन गरेको फोरम लोकतान्त्रिकले अहिले समर्थन फिर्ता लिइसकेको छ।
बैठकमा उपस्थित एक नेताका अनुसार प्रचण्डलाई गच्छदारले भने – एक महिना १४ दिनपछि तपाँइको र मेरो भेट हुँदैछ। गच्छदारले लामो समय खर्चिएपछि बैठकमा प्रधानमन्त्री प्रचण्डले गच्छदारसँग भेट नभएको स्वीकार गरे। उनले सम्पर्क हुन नसक्नुको कारण समेत खुलाए।
‘हो हाम्रो भेट नभएको अझै लामो भएको जस्तो मलाई लागेको थियो। तर तपाँइले एक महिना कति १४ दिन भन्नुभयो। म तपाँइसँग डरले थुरथुरु हुन्छु। डराएरै नभटेको हो’, प्रचण्डले गच्छदारलाई भने। @ पहिलोपोस्ट |