उत्तर कोरिया र अमेरिकाबीच ‘वाक’ युद्ध,मिसाइल परिक्षण गर्ने चेतावनी

वासिंटन। उत्तर कोरियाले लगतार मिसाइल परिक्षण गर्ने चेतावनी दिएको छ। उसले यदि अमेरिकाले युद्ध चाहेको हो भने आफू त्यसका लागि समेत तयार रहेको चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसंघकालागि उत्तर कोरियाका उपराजदूतले उत्तर कोरिया अमेरिकाका विरुद्ध जस्तो सुकै यद्धकालागि तयार रहेको बताएका छन्। उत्तर कोरियाले युद्धकालागि तयार रहेको अभिव्यक्ति आएपछि अमेरिकाले आफ्नो सीमामा रहन चेतावनी दिएको छ।
बेलायतको समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालाई चेतावनी दिँदै सिरिया र अफगानिस्तानमा भएको आक्रमणबाट पाठ सिक्न चेतावनी दिएका छन्। उता उत्तर कोरियाका उप विदेशमन्त्री हान सोङ रेयोलले भने, ‘अब हामी प्रत्येक हप्ता, महिना र वार्षिक रुपमा मिसाइल परिक्षण गछौं। आणविक हतियारको परिक्षण हाम्रो देशको सुरक्षाको लागि हो।’
उनले आफ्नो मुलुक जस्तोसकै युद्धकालागि तयारी अवस्थामा रहेको बताएका छन्। उनले अमेरिकाको सैन्य कारवाहीले युद्धको संकेत गर्ने भन्दै त्यसको जवाफ दिन मिसाइल या न्युक्लियर आक्रमणबाट बदला लिने चेतावनी दिएका छन्।
रेयोङले संयुक्त राष्ट्रसंघमा भने, ‘यदि अमेरिकाले सैन्य कारवाही रोकने भने त्यसको जवाफ दिन हामी तयार छौं।’ अमेरिकी धम्कीसँग जुध्न उत्तर कोरियाले सुरक्षात्मक रवैया अपनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
रेयोङले उत्तर कोरिया छैटौं न्युक्लियर मिसाइल परीक्षणको चरणमा रहेको बताए। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई हर पार नगर्न चेतावनी दिएका थिए।