अनेरास्वबियुका अध्यक्ष नबिना लामाका लागि अमेरिकामा स्वागत कार्यक्रम सम्पन्न

न्यूयोर्क – तामाङ सोसाइटी अफ अमेरिका द्वारा आयोजना गरेको स्वागत एवं अन्तर्कृया कार्यक्रम सम्पन्न गरियो | तामाङ सोसाइटी अफ अमेरिका अध्यक्ष शान्त थोकर तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी नबिना लामा तामाङ र बिशेष अतिथी जनजाती महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइबा तामाङ रहेको थियो |
स्वागत मन्तब्य तामाङ सोसाइटी अफ अमेरिका सदस्य आरती लामा तामाङले राख्नु भएको थियो भने शुभकामना मन्तब्य क्रमश : एन आर एन अमेरिकाका सल्लाहकार बाबु राम लामा तामाङ , नेपाली जनसम्पर्क समिती अमेरिकाका सचिव भोज राज थोकर तामाङ , तामाङ सोसाइटी अफ अमेरिका पूर्व अध्यक्ष सूर्य पाख्रिन तामाङ , भरत राज लामा तामाङ र सुबाश लामा तामाङले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम सन्चालन संस्थाका महासचिव अमर तामाङले गर्नु भएको थियो |